प्रगति पेश गर्न पर्यटनमन्त्री भट्टराईको निर्देशन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कर्मचारीसँगको कार्यसम्पादन सम्झौता प्रगति हप्ता दिनभित्र पेश गर्न निर्देशन दिएका छन् ।
सिंहदरबारमा आज मन्त्रालयको गत आर्थिक वर्षको प्रगति समीक्षा तथा चालू आर्थिक वर्षको कार्यक्रमका बारेमा भएको छलफलमा मन्त्री भट्टराईले गत आवमा मन्त्रीसँग भएको सम्झौताअनुसारका कार्यसम्पादन करारको प्रगति पेश गर्न मन्त्रालका सचिवलाई निर्देशन दिए ।
मन्त्रालयका अन्य शाखा अधिकृतले उपसचिवसँग, उपसचिवले सहसचिवसँग र सहसचिवले सचिवसँग सचिवले मन्त्रीसँग गरेको कार्य सम्पादन सम्झौताअनुसारका कार्यप्रगति पेश गर्न सबैलाई निर्देशन दिए ।
गत आवमा मन्त्रीले प्रधानमन्त्रीसँग गरेको सम्झौताका आधारमा प्रगति प्रतिवेदन पेश गर्ने मन्त्री भट्टराईले बताए । उनले सबैसँग हप्ता दिनभित्रमा वार्षिक कार्यसम्पादन सम्झौता गर्नेसमेत बताए ।
मन्त्री भट्टराईले प्रत्येक महिनाको पहिलो हप्ता मासिक प्रगति समीक्षा र आउँदो महिनाको योजना पेश गर्न सबैलाई निर्देशन दिँदै आन्तरिक बजेट र नेपाल सरकारबाट प्राप्त हुने अनुदानबाट सञ्चालन हुने निकाय र विकास समितिलाई बजेट तथा कार्यक्रम साउनभित्र पास गर्न निर्देशन दिए ।
मन्त्री भट्टराईले आगामी भदौ १५ देखि होटल तथा रेस्टुराँ खुल्ने हुँदा स्वास्थ्य र सुरक्षासम्बन्धी सावधानी अपनाउन सवै सरोकारवालासँग १० गतेभित्र समूहगत छलफल गरी उपत्यकाका लागि पर्यटन विभाग, पर्यटन बोर्डले अनुगमन संयन्त्र निर्माण गर्नुपर्ने साथै प्रदेशस्तरमा प्रदेश मन्त्रालयको नेतृत्वमा अनुगमन संयन्त्र बनाउनका लागि अनुरोध गर्न पनि निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी प्रकरणबारे छानबिन समिति गठन हुनुपर्ने मागमा पाँच दल एकमत
-
नेपाल प्रहरीका चार एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
-
वाग्मती सफाइ महाअभियान ११ औँ वर्ष पूरा
-
मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने
-
पहिलोपटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
-
गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु