मधेस प्रदेशमा जनमतको नेतृत्वमा सरकार बनाउने तयारी
काठमाडौँ । मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने तयारी गरिएको छ । नेकपा माओवादी केन्द्र मधेस प्रदेश संसदीय दलका नेता भरत साहले ५ दल मिलेर जनमतको नेतृत्वमा सरकार गठन हुने जानकारी दिएका छन् ।
नयाँ बन्ने सरकारमा माओवादी केन्द्र, नेकपा एमाले, जनमत, लोसपा र नेकपा एकीकृत समाजवादी रहने सहमति भएको नेता साहले बताए ।
यस्तै जनमत पार्टीका संसदीय दलका नेता महेश यादवले पनि आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताए । उनले भने,‘मधेस प्रदेशमा जनमतको नेतृत्वमा सरकार बन्ने सहमति भएको छ । भोलिदेखि यसको प्रक्रिया थालनी गरिनेछ ।’ जनमतबाट यादवले सरकारको नेतृत्व गर्ने बताइएको छ । यस्तै कुन पार्टीबाट कति जना मन्त्री बन्ने भन्ने टुङ्गो लागेको छैन ।
सरकार गठन गर्ने प्रक्रिया सुरु भएपछि दलहरूको बिचमा मन्त्रालय बाँडफाँट हुने बताइएको छ । दलहरूबिच भएको सहमति अनुसार पहिलो वर्ष जनमतले नेतृत्व गर्छ भने दोस्रो वर्ष माओवादी र तेस्रो वर्ष एमालेले सरकारको नेतृत्व गर्ने छ ।
नयाँ गठबन्धनमा लोसपा पनि रहने बताइए पनि सो दलका उपाध्यक्ष एवं मधेस प्रदेशका सांसद जितेन्द्र सोनलले यस विषयमा पार्टीसँग कुनै छलफल नभएको दाबी गरे ।
नयाँ गठबन्धनमा माओवादीका ९, एमालेका २४, एकीकृत समाजवादीका ७, जनमतका १३ र लोसपाका ९ जना सांसद रहेका छन् ।
नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा जसपा नेपाल गएपछि जनमत माओवादी–एमाले गठबन्धनमा आएको हो । बिहीबार कांग्रेसले बोलाएको बैठकमा जनमतका नेता अनुपस्थित थिए । यद्यपि सो बैठकमा लोसपा सहभागी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण