नीतिलाई पहिलो गाँसमै ढुंगा
काठमाडौँ । कलाकारको करियरमा फिल्मको सफलता र असफलताले ठुलो अर्थ राख्छ । सफलताले करियर अगाडि बढाउन सहज हुन्छ, भने असफलताले कठिन ।
अझ डेब्यु कलाकारको लागि पहिलो फिल्मको सफलताले ठुलो प्रभाव पार्छ । पहिलो फिल्ममा सफलता र अभिनय चर्चा केही पनि भएन भने के होला ? यो महसुस यतिबेला अभिनेत्री नीति शाहले जति अरू कसले गरेको होला र ?
ठुलै संघर्षपछि फिल्म ‘खजुरे ब्रो’ मार्फत अभिनयमा डेब्यु गरेकी नीतिले पहिलो फिल्मबाटै असफलता ब्यहोर्नु पर्यो । न फिल्ममा उनले गरेको अभिनय चर्चा नै भयो । फिल्ममा उनको उपस्थिति शो पिस भन्दै उल्टै आलोचना समेत भए । कतिपयले त उनको चर्चा क्यास गर्न मात्र फिल्म लिएको प्रतिक्रिया दिए ।
हुन पनि फिल्ममा उनको उपस्थिति शो पिसको रूपमा मात्र थियो । पहिले अनुबन्धित भएका केही फिल्म नबनेपछि उनले ‘खजुरे ब्रो’ डेब्युका लागि मात्र गरेको देखिन्छ । नीतिको आगामी करियरका लागि यो फिल्मको व्यावसायिक सफलता र अभिनयको प्रशंसा आवश्यक थियो । तर, पहिलो गाँसमै ढुंगा भने झैँ फिल्मले निर्माताको लगानी सुरक्षित गर्ने देखिएन । न उनले अभिनयबाटै चर्चा पाउन सकिनन् ।
हुन त नीतिले यो फिल्मबाट धेरै आस पनि गरेकी थिइनन् । किनभने फिल्मको प्रचारमा व्यवसाय जे भएपनि आफ्ना लागि डेब्यु गर्ने अवसर महत्त्वपूर्ण भएको उनले बताएकी थिइन् ।
फिल्ममा उनीसँगै रेअर राई, महेश त्रिपाठी लगायतको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण