१२ साउनमा अल्फाबिटा अष्ट्रेलियन एजुकेसन भर्चुअल फेयर हुने
काठमाडौं । विदेश अध्ययन गर्न चाहने विद्यार्थीका लागि परामर्श दिने उदेस्यले अल्फाबिटाले ‘अष्ट्रेलियन एजुकेसन भर्चुअल फेयर–२०२०’ आयोजना गरेको छ ।
विद्यार्थीहरू घरमै बसेर अष्ट्रेलियाका उत्कृष्ट शैक्षिक संस्थाहरूको बारेमा जानकारी लिन सक्ने गरी अल्फाबिटाले आगामी १२ साउन (सोमवार)मा भर्चुअल फेयरको आयोजना गरेको हो । फेयरमा अष्ट्रेलियाका उत्कृष्ट विश्वविद्यालयसहित ६ वटा शैक्षिक संस्था सहभागि हुँदैछन् ।
फेयरमा मक्वारी युनिभर्सिटी, दी युनिभर्सिटी अफ न्यू क्यासल्, सेन्ट्रल क्विन्सल्याण्ड युनिभर्सिटी, चाल्र्स डार्विन युनिभर्सिटीका आधिकारीरिक प्रतिनिधिबाट विद्यार्थीले कोभिड—१९ पछिको शैक्षिक अवस्था, छात्रबृत्ति, कोभिड–१९ कै अवस्थामा अनलाइन कक्षा तथा त्यसपछिको अध्ययनको अवस्थाको विषयमा जानकारी लिन सक्नेछन् ।
त्यसैगरी फेयरमा एजुकेसन सेन्ट्रर अफ अष्ट्रेलिया (इसिए) र नेभिटासका आधिकारीक प्रतिनिधिहरूबाट समेत परामर्श लिन सकिनेछ । विद्यार्थीहरू अनलाइन प्लेटफर्ममार्फत फेयरमा जोडिन सक्नेछन । फेयरमा नेपालस्थित अष्ट्रेलियन राजदुत पिटर बड, आइइएलटिएस, पिटिइका प्रतिनिधि, बैंकलगाएतका प्रतिनिधिको सहभागिता हुँदैछ ।
फेयरमा विद्यार्थीहरूले कोभिड–१९ पछिको अष्ट्रेलियाको शैक्षिक अवस्था, प्रक्रिया र अन्य विषयमा समेत प्रत्यक्ष जानकारी पाउनेछन् । पहिलो तहको कार्यक्रम फेसबुकमार्फत प्रत्यक्ष प्रसारण हुनेछ ।
विद्यार्थीहरू अल्फाबिटासंगको लिंकमा आइसकेपछि उनीहरूले चाहेको शैक्षिक संस्थाका आधिकारिक प्रतिनिधिसंग एक–एक गरी परामर्श लिन अनलाइन प्लेटफर्ममा छुट्टै भर्चुअल रुमको ब्यवस्था गरेको छ । अल्फाबिटाको वेवसाइट, फेसबुक पेज र इन्स्टाग्राममा राखिएको लिंकमार्फत जोडिन सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा न्यायाधीशद्वय रेग्मी र पोखरेलको इजलासमा पेशी
-
उपेन्द्र यादवको दुवै रिट पेशीमा, दल विभाजनको मुद्दा सुनुवाइ हुने सम्भावना न्यून
-
जेठ २५ देखि ‘ऊनको स्विटर’ छायांकनमा
-
सरकारी ऋणपत्र रोक्काको पत्र उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन
-
सहकारी काण्डले अध्यादेशउन्मुख हुँदैछ बजेट ?
-
विदेशी कामदारका लागि नयाँ कोटामा रोक कायमै राख्ने मलेसियाको निर्णय