कास्की, गोरखा र नवलपुरमा ११ संक्रमित थपिए
शनिबार, १० साउन २०७७, १६ : २५
गण्डकीका ३ जिल्लामा ११ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै प्रदेशको कुल संक्रमित संख्या १३७२ पुगेको छ ।
कास्कीमा १, गोरखामा २ र नवलपुरमा ८ संक्रमित गरि कुल ११ संक्रमित थपिएका हुन् । कास्कीको रुपमा गाउँपालिकामा एक पुरुष र गोरखाको पालुङटार र भीमसेनमा एक, एक जना गरि २ पुरषमा कोरोना पुष्टि भएको छ ।
नवलपुरको मध्यविन्दुमा ६ पुरुष, विनेयीत्रिवेणी र कावासोतीमा एक, एक जना गरि ८ पुरुष संक्रमित थपिएका छन् । संक्रमित एघार जनाको स्वाब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रादेशिक अस्पताल र जनस्वास्थ्य प्रयोगशाला हेटौंडामा गरिएको थियो । अहिले एघारै जनालाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण