१८ हजार ४८३ मध्ये १३ हजार ५३ जना कोरोना संक्रमित निको भए
काठमाडौं । नेपालमा कोरोना संक्रमित भएकामध्ये ७०.६ प्रतिशत निको भएर घर फर्किएका छन् । यस्तै हालसम्म संक्रमणबाट ४५ जनाको मृत्यु भएको छ भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कुल १८ हजार ४८३ मध्ये १३ हजार ५३ जना कोरोना संक्रमित निको भएर घर फर्किएको जानकारी दिए । उनले पछिल्लो २४ घण्टामा १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको पनि जानकारी दिए ।
मन्त्रालयका देशका विभिन्न अस्पतालमा ४ हजार ७५ पीसीआर परीक्षणमा १ सय ९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
शनिबार देशभरीका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ३ सय ८५ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । प्रवक्ता डा. गौतमका अनुसार प्रदेश नम्बर १ मा १ सय ४५, प्रदेश नम्बर २ मा १ हजार ९ सय ९ र बागमती प्रदेशमा ४ सय ३४ जना संक्रमित अहिले उपचाररत रहेका छन् । यस्तै गण्डकी प्रदेशमा ३ सय १३, प्रदेश नम्बर ५ मा ३ सय ४६, कर्णाली प्रदेशमा ३ सय ३८ र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय जना संक्रमित उपचाररत रहेका छन् ।
शनिबार १ सय ६ जना डिस्चार्ज भएका छन् । योसँगै आजसम्म कोरोना मुक्त भएर घर फर्किनेको संख्या १३ हजार ५३ पुगेको हो । प्रदेश नम्बर १ मा ७ सय ७५, प्रदेश नम्बर २ मा २ हजार ८ सय ९८, बागमती प्रदेशमा ४ सय ६८ र गण्डकी प्रदेशमा १ हजार १ सय २५ जना संक्रमित निको भएर घर फर्किएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ हजार ९ सय, कर्णाली प्रदेशमा १ हजार ५ सय ८५ र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय २ जना डिस्चार्ज भएका छन् ।
आज प्रदेश नम्बर १ मा २ हजार २ सय ९, प्रदेश नम्बर २ मा २ हजार ३ सय २, बागमती प्रदेशमा १ हजार ४ सय ८४ र गण्डकी प्रदेशमा ३ हजार २ सय १६ जना क्वारेन्टिनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा २ हजार ७ सय ७९, कर्णाली प्रदेशमा १ हजार १७ र सुदूरपश्चिम प्रदेशमा ५ हजार २ सय ७६ जना गरी देशभरी १८ हजार १ सय ८३ जना क्वारेन्टिनमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
