इनरुवामा पुनः लकडाउन
सरकारले लकडाउनलाई खुला गर्ने निर्णय गरेपनि इनरुवा नगरपालिकामा पुनः लकडाउन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरी, इनरुवा नगरपालिका र उद्योग वाणिज्य सङ्घ इनरुवा सुनसरीसहित सरोकारवालाको बैठकले इनरुवामा आजदेखि पुनः लकडाउन गर्ने निर्णय गरेको सङ्घका अध्यक्ष वीरेन्द्रकुमार साहले बताए ।
पिसीआर परीक्षणका क्रममा सुनसरीको इनरुवा घर भएका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै यहाँ पूर्णरूपले लकडाउन गरिएको हो । शुक्रबार साँझ सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा बसेको आपत्कालीन बैठकले सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालबाटै लागू हुने गरी इनरुवा क्षेत्रमा पूर्ण लकडाउन कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो ।
लकडाउनका कारणले इनरुवा बजार सुनसान देखिएको छ । इनरुवा–३ घर भएका व्यक्ति कार्यालय आउजाउका क्रममा परिवारसँगको सम्पर्कमा आएको आधारमा क्लोज कन्टयाक्टको अवस्था पहिचान गर्न थालिएको छ । परिवारसहित १२ जनाको ट्रेसिङ गरिएको र टे«सिङमा आएकाको स्वाब लिएर परीक्षण गरेको छ । विराटनगरमा गरिएको परीक्षणका क्रममा इनरुवा घर भएका पुरुषमा कोरोना सङ्क्रमण देखापरेको थियो । घर आउजाउ गरेको र छरछिमेकमा घुमफिर तथा बजारको विभिन्न पसलमा पुगेर सामानसमेत किनमेल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण