त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएका संक्रमितको शव व्यवस्थापनमा अन्योल, स्वयम्भूका स्थानीयको विरोध
काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा कोरोनाभाइरसबाट मृत्यु भएका पुरुषकोे शव व्यवस्थापनमा अन्योलता उत्पन्न भएको छ ।
सरकारी टोलीले मृतकको स्वयम्भूमा शव व्यवस्थापन गर्न खोजेको भएपनि स्थानीयले विरोध गरेपनि अन्योलता उत्पन्न भएको हो ।
सोमबार दिनभर स्थानीयलाई मनाउने प्रयास भएपनि सम्भव हुन नसकेको सुरक्षा स्रोतले जनाएको छ । सहमति जुट्न नसक्दा मृतकको शव अहिले पनि त्रिवि शिक्षण अस्पतालमै रहेको छ ।
यसअघि राजधानीमा कोरोनाबाट मृत्यु भएकाको पशुपतिमा शव व्यवस्थापन गर्ने गरिएको भएपनि बारा स्थायी ठेगाना भएका मृतकको भने धार्मिक आस्थाका कारण स्वयम्भू क्षेत्रमा अन्तिम संस्कार गर्ने तयारी थालिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाराको फेटा ३ का ६० वर्षिय पुरुषको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनी निमोमिया, मस्तिस्कघात र मृगौला सम्बन्धि रोगबाट पीडित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण