सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

विद्युत प्राधिकरण वीरगञ्जमा खुलेआम ग्राहकको रकम लुट

मङ्गलबार, ०६ असार २०७४, १५ : ५२
मङ्गलबार, ०६ असार २०७४

वीरगञ्ज – नेपाल विधुत प्राधिकरण वीरगंज वितरण केन्द्रमा खुलेआम सेवाग्राहीको रकम लुट्ने काम भइरहेको छ । सेवाग्राहिले बिल भुक्तानी गर्दा फिर्ता आउनुपर्ने खुद्रा रकम कर्मचारीले खुला अर्थात् खुजुरा नभएको भन्दै आफैँ राख्ने गरेका छन् । फिर्ता आउनुपर्ने खुद्रा रकमको विषयलाई लिएर विधुत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रमा सोमवार कर्मचारी र सेवाग्राहिविच चर्काचर्की नै प¥यो । 


श्रीपुर–१४ वीरगञ्जका ग्राहक राजु भट्टले २३ सय १६ रुपैयाँको विल भुक्तानी गर्न २५ सय रुपैयाँ विद्युतको काउण्टरमा बुझाए । 


समयमै महशुल बुझाउन आएकोले उनले ६९ रुपैयाँ ४८ पैसा छुट पाएपछि २२ सय ४६ रुपैयाँ ५२ पैसा भुक्तानी गरेर २ सय ५३ रुपैयाँ ४८ पैसा फिर्ता पाउनुपर्नेमा २ सय ५० रुपैयाँ मात्रै फिर्ता पाए । 


भट्टलाई रकम फिर्ता गरेपछि महिला कर्मचारी अर्को सेवाग्राहिको रकम बुझ्नतिर लागिन् । आफ्नो विलको रकम हेरेपछि भट्टले आफुले ३ रुपैयाँ फिर्ता पाउनुपर्ने भन्दै कर्मचारीसँग फिर्ता गर्न आग्रह गरे । महिला कर्मचारीले फिर्ता रकम नभएकोले छैन भन्ने जवाफ फर्काइन् । भट्टले पनि महशुल बुझ्ने ठाउँमा सधैँ खुद्रा पैसाको आवश्यकक्ता पर्ने हुँदा प्राधिकरणले खुजुरा रकम राखेर सेवाग्राहिको रकम फिर्ता गर्नुपर्ने मत राखे र पुनः आफ्नो पैसा फिर्ता मागे । 


यतिबेलासम्म महिला कर्मचारी रिसाएर पैसा नभएको भन्दै जे मन लाग्छ त्यहि गर्न भनिन् । कर्मचारीको फोटो खिच्दा महिला कर्मचारीले फोटो खिचेर केहि फरक नपर्ने जवाफ फर्काइन् । त्यसपछि, उनको नजिक रहेका अर्का कर्मचारीले ३ रुपैयाँ निकालेर भट्टलाई फिर्ता गरे । 

करिब ७० हजार ग्राहक रहेको वीरगंज वितरण केन्द्रमा २५ हजार ग्राहकले नियमित रुपमा महशुल बुझाउने गरेको महशुल शाखाका आरीफ शेखले बताए । दैनिक औषत १ हजार सेवाग्राहि विधुतमा महशुल बुझाउन पुग्छन् । 

विल भुक्तानी गरेर पछि फिर्ता रकम १ देखि ५ रुपैयाँसम्म सजिलै खुजुरा नभएको भन्दै सेवाग्राहिलाई फर्काईदिने गरेको पाइएको छ । 

फिर्ता आउने रकम औषतमा दुई रुपैयाँ मात्रै राख्ने हो भने पनि प्रतिदिन दुई हजार र मासिक ५० देखि ६० हजार हुन आउँछ जुन वार्षिक ७ देखी साढे ७ लाख हुन आउँछ । 

उक्त रकम विद्युतका कर्मचारीले एकआपसमा बाँड्ने गरेको श्रोतले बताएको छ । 

यस विषयमा वीरगञ्ज वितरण केन्द्रका प्रमुख चुटुन कुमार श्रीवास्तवसँग बुझ्दा महशुल बझाएर फिर्ता पाउने रकम ग्राहककै आइडीमा पोष्टिङ गर्न निर्देशन दिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमित अग्रवाल
अमित अग्रवाल

 अग्रवाल रातोपाटीका पर्सा जिल्ला प्रतिनिधि हुन् ।

लेखकबाट थप