महाबौद्धमा ‘हाइअर्लट’ : व्यवसायीहरुको कोरोना परीक्षण गरियो, तस्विरमा हेर्नुहोस्
काठमाडौँ महानगरपालिका वडा नम्बर–२७ महाबौद्ध क्षेत्रमा व्यवसाय गर्नेमा कोरोना पोजेटिभ देखिएपछि सो क्षेत्रमा कोरोना परीक्षणका लागि स्वाबको नमूना संकलन गरिएको छ । वडा कार्यालयले सोमबार मात्र संक्रमित व्यापारीको सम्पर्कमा आएका अन्य व्यक्तिहरुलाई परीक्षणका लागि अनुरोध गर्दै सार्वजनिक सूचना जारी गरेको थियो ।
भारत स्थायी घर भइ महाबौद्ध क्षेत्रमा व्यवसाय गर्ने दुई जनामा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको सम्पर्कमा आएकाहरुलाई कोरोना परीक्षण गर्न सार्वजनिक सूचना जारी गरेको थियो । वडा अध्यक्ष चिनियामान बज्राचार्यले एक सूचना जारी गरी उनीहरुको संसर्गमा आएकालाई यथासिघ्र स्वास्थ्य परीक्षण गर्न अनुरोध गरेका छन् ।
वडा कार्यालयले गणेशमन्दिर देखि महाबौद्ध स्तुपासम्मका व्यवसायीहरुको पीसीआर रिपोर्ट नआएसम्म सुरक्षाका उपाय अपनाउन पनि आग्रह गरिएको छ । मंगलबार सो क्षेत्रका व्यवसायी लगायत सर्वसाधरणको कोरोनापरीक्षण गरिएको छ । तस्विरमा हेर्नुहोस्ः














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण