गणपुरक संख्या नपुगेपछि अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित
काठमाडौं । गणपुरक संख्या (कोरम) नपुगेपछि प्रतिनिधिसधाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित भएको छ । परराष्ट्र मन्त्रालय अन्तरगत कन्सुलर सेवा विभागको प्रगति विवरण र आगमी कार्ययोजनाका बारेमा छलफल गर्न बोलाइएको बैठक कोरम नपुग्दा स्थगित भएको हो ।
धेरै सांसदहरु आफ्नो गृहजिल्ला गएको र सहभागि हुने जानकारी गराएका सांसद समेत उपस्थित नहुँदा बैठक स्थगित गर्नुपरेको समिति सभापति पवित्रा निरौला खरेलले बताइन् ।
‘‘धेरै सांसदहरु जिल्ला जानुभएको छ । बैठकमा आउने भनेर जानकारी दिएकाहरुपनि आउनुभएन । धेरै बिरामी रहेको बाध्यकारी अवस्थाका कारण बैठकमा कोरम संख्या नपुगेकाले बैठक स्थगित भयो’’, उनले भनिन् ।
केही सांसदहरु भने स्वास्थ्य सुरुक्षाको कारण देखाउँदै बैठकमा उपस्थित नभएको बताइएको छ । समिति सभापति खरेलले भने सुरक्षा सतर्कता अपनाएर ठूलो हलमा बैठक सञ्चालन गर्ने तयारी भएपनि सम्भव नभएको बताइन् ।
कोभिडका कारण सामाजिक दुरी कायम गरेर बैठक सञ्चालन गर्न पर्याप्त ठाउँ नभएको उल्लेख गर्दै उनले कोरम पुग्ने गरी समितिकै हलमा बैठक सञ्चालन गर्न सकिने अवस्था नभएपनि सांसदहरु सहभागी नभएको बताइन् । कोरम संख्या नपुगेर आजसम्म बैठक स्थगित नभएपनि पहिलो पटक यस्तो भएको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गममा शिक्षक पाउनै मुस्किल : पाँचौँ पटकसम्म विज्ञापन प्रकाशन
-
ईपीएस दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक
-
रुकुम पश्चिम र कालिकोटमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १५ जना घाइते
-
राष्ट्रपतिलाई ओलीको प्रश्न : त्यस्तो मान्छे सल्लाहकार राख्न मिल्छ ?
-
रुखमा बाँधेर जलाइएको अवस्थामा शव फेला
-
कोशी प्रदेशसभाको अधिवेशन आह्वान