सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुग्यो
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । मंगलबार बझाङ्गका ६५ वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएसँगै प्रदेशभर मृतकको संख्या ९ पुगेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालाबाट बितेको २४ घण्टामा ४२ र डडेल्धुरा अस्पतालको प्रयोगशालाबाट ३८ जना गरी ८० जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए । यस्तै कैलालीबाट ५५ जना मंगलबार निको भएर घर गएका छन् ।
सुदूरपश्चिमको प्रयोगशालामा हालसम्म पिसिआर बिधिबाट ३२ हजार २६२ जनाको नमुना परीक्षण भएकोमा अछामका ६६७, बैतडीका ३०७, बझाङ्गका १७४, बाजुरा ४४९, डडेल्धुराका २९५, दार्चुलाका २१, डोटीका ६६३ , कैलालीका १०९३ र कञ्चनपुरका ५१४ गरी कुल ४ हजार १८३ जनामा संक्रमण पुष्टि भएको छ ।
जसमा महिला ९९० र पुरुष ३ हजार १९३ रहेका छन् । क्वारेन्टिनमा २ हजार ३९१ पुरुष र ८ सय १५ महिला रहेका छन् । प्रदेशका विभिन्न आइसोलेसनमा हाल शंकास्पद १४ र संक्रमित ५३ गरी ६७ जनाको उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण