साताको अन्तिम दिन नेप्सेमा सामान्य वृद्धि
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक साढे सात अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको आज अन्तिम दिन नेप्से ७.५३ बिन्दुले बढेर एक हजार ४३९.०६ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.४६ अङ्कले वृद्धि भई ३००.९५ पुगेको छ ।
कूल १८९ कम्पनीका ३४ लाख ३० हजार ५५३ कित्ता शेयर रु एक अर्ब ३२ करोड दुई लाख ६६ हजार ६७८ मूल्यमा खरिद बिक्री भयो । बजार पूँजीकरणका आधारमा आज कूल शेयर बजार रु १८ खर्ब ९४ अर्ब ५२ करोड १७ लाख बराबरको भएको छ ।
कारोबार भएका कूल १२ वटै उपसमूहको शेयर आज उकालो लागेको छ । त्यसमा बैंकिङ ५.०३, व्यापार ३.७, होटल १३.८८, विकास बैंक ०.९२, जलविद्युत् ७.४२, वित्त ५.९५, निर्जीवन बीमा ५०.४६, उत्पादन २७.१८, अन्य ४.७, लघुवित्त १५.०२, जीवन बीमा ५५.४९ र सामूहिक लगानी कोष ०.०७ अङ्कले बढेको छ ।
कारोवारका आधारमा नेपाल पुर्नबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको प्रतिकित्ता ५९९ को दरले रु २२ करोड ९१ लाख ५५ हजार ६३ बराबरको कारोवार भई शीर्ष स्थानमा रह्यो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स रु आठ करोड ९५ लाख ५६ हजार २०३, एनआइसी एशियाको रु पाँच करोड नौ लाख ४४ हजार ६४४, शिखर इन्स्योरेन्सको रु चार करोड ९७ लाख ८० हजार ६९९, एनएमबी बैंक रु चार करोड ६१ लाख ५७ हजार ८७० र एनआइसी एसिया लघुवित्तको रु तीन करोड ५६ लाख ४६ हजार ८१० बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो ।
आज सबैभन्दा बढी खानीखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतले कमाए । यस्तै चौतारी लघुवित्त ९.४६, पञ्चकन्यामाई हाइड्रोपावर ९.८६, नेशनल हाइड्रोपावर ९.८०, हिमालयन ऊर्जा ९.६८, रैराङ हाइड्रोपावर ९.६८, आँखुखोला जलविद्युत् कम्पनी ९.६२ र युनियन हाइड्रोपावरका शेयरधनीले ९.०९ प्रतिशतले कमाए । तर आज उकालो लागेका अधिकांश जलविद्युत् कम्पनीको शेयर प्रतिकित्ता रु १०० भन्दा कम मूल्यका छन् ।
यसैगरी घोडाघोडी लघुवित्तका शेयरधनीले ९.८५ प्रतिशतले गुमाएका छन् । यस्तै गुराँस लघुवित्त ५.२४, प्रोग्रेसिभ फाइनान्स ३.७०, मल्टीप्रपोज फाइनान्स ३.४५, आइएमई जनरल इन्स्योरेन्स २.९३, सपोर्ट माइक्रोफाइनान्स २.८७ र गुडवील फाइनान्सका लगानीकर्ताले १.९५ प्रतिशतले गुमाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण