सेनाले जोखिममा रहेको करिब ८० करोड रुपैयाँ उठायो
काठमाडौं । नेपाली सेनाले सैनिक कल्याणकारी कोषको जोखिममा रहेको रकममध्ये करिब ८० करोड रुपैयाँ उठाएको छ । सेनाले पछिल्लो समय आफ्नो जोखिममा रहेको रकम उठाउनका लागि गरेको प्रभावकारी व्यवस्थापन र लिएको निक्षेप नीति कारण रकम उठेको सेनाले बताएको छ ।
शुक्रबार कल्याण्कारी कोषले जंग्गी अड्डामा पत्रकार सम्मेलन गर्दै विगत वर्षहरुमा कोषको करिब ८५ करोड रुपैयाँको हाराहारीमा निक्षेप जोखिम रहेकोमा ८० करोड उठाएको जनाएको हो । जोखिम घटेर अहिले साँवा रकम ५ करोड २ लाख ६६ हजार मात्रै रहेको कोषका निर्देशक सागरबहादुर केसीले बताए ।
विश्वव्यापी कोरोनाका कारण देशको अर्थतन्त्रमा नराकारात्मक असर परेपनि सैनिक कल्याणकारी कोषको आर्थिक गतिविधिहरु सन्तोषजनक रहेको कोषले जनाएको छ । कोषमा २०७६ असार मसान्तसम्म ३८ अर्ब ५७ करोड ६१ लाख रहेकोमा अहिले १८ दशमलव ९० प्रतिशतले वृद्धि भइ ४५ अर्ब ८६ करोड ८० लाख पुगेको उनले बताए । कोषको अहिलेको यथार्थ सम्पति भने हाल रु ५१ अर्ब ६१ करोड चार लाख पुगेको छ ।
कोष र अन्तर्गतका निकायको फछ्र्याैट गर्न बाँकी बेरुजु अब ७ करोड ४३ लाख ९४ हजार रुपैयाँ रहेको छ । महालेखापरीक्षकको कार्यालयको ५६ औं वार्षिक प्रतिवेदन अनुसार उक्त कोषको गत आर्थिक वर्षमा १२ करोड ७० लाख २३ हजार बेरुजु फछर्याैट भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण