उपरथी हमालबाट फोर्स कमान्डरको कार्यभार
काठमाडौं । नेपाली सेनाका उपरथी ईश्वर हमालले संयुक्त राष्ट्रसङ्घको सिरियास्थित शान्ति मिसन (अनडोफ) फोर्स कमान्डरको कार्यभार सम्हाल्हेका छन् । उक्त मिसनका निमित्त प्रमुख एमिदो मिसेलसँग गत शुक्रबार आयोजित समारोहमा उनले कार्यभार बुझेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । त्यसबखत त्यहाँ तैनाथ शान्ति सैनिकको एक टुकडीले उनलाई सम्मानगारत अर्पण गरेको थियो ।
सो अवसरमा उपरथी हमालले शान्तिस्थापनामा सहयोग पु¥याउने मिसनको प्राथमिक लक्ष्य हासिल गर्न सबैको सहयोगको अपेक्षा गरे । संयुक्त राष्ट्रसङ्घका महासचिवले उपरथी हमाललाई गत फागुन १२ गते फोर्स कमान्डरमा नियुक्त गरेका थिए ।
कोभिड–१९ को जोखिमका कारण अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएपछि उनलाई त्यसतर्फ जान केही ढिलाइ भएको थियो । शान्ति मिसनको फोर्स कमान्डरको जिम्मेवारी सम्हाल्ने उपरथी हमाल छैटौँ नेपाली उच्च सैनिक अधिकृत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण