‘इनफ इज इनफ’ का अभियन्ताहरुलाई भेट्न देउवा बसन्तपुरमा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ‘इनफ इज इनफ’ का अभियन्ताहरुलाई भेट्न बसन्तपुर पुगेका छन् । सतप्रतिशत पीसीआर परीक्षणको माग राख्दै अनसन बसिरहेका अभियन्ताहरुलाई समर्थन गर्न सभापति देउवा बसन्तपुर पुगेका हुन् ।
असार २३ गते सरकार पक्षसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै अभियन्ताहरु अहिले बसन्तपुरमा अनसनरत रहेका छन । अनसनरत युवाहरु भेटेपछि सभापति देउवाले सरकारलाई तत्काल माग सम्बोधन गर्न आग्रह गरे।
पत्रकारहरुसँग छोटो प्रतिक्रिया दिँदै उनले सरकारले तत्काल आफ्नो प्रतिनिधि पठाएर उनीहरु माग पुरा गर्नेगरी समझादारी गर्न माग गरे । उनले भने, ‘‘हाम्रो पार्टीको ऐक्यवद्धता छ । उहाँहरुको मागलाई समर्थन छ । मान्छेलाई मर्न दिनु हुन्न । ओली सरकारले तुरुन्तै मान्छे पठाएर कुरा गरेर अनसनमा बसेका युवाहरुलाई बचाउनुपर्छ । सरकारले शान्तिपूर्ण आन्दोलनकारी माथि धरपकड गरिरहेको छ । यसको घोर भत्र्सना गर्छु ।’’
यस्तै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले विगत १५ दिनदेखि अनसनमा रहेका युवाहरुले उठाउँदै आएका मागहरु देश जनताको हितमा रहेको बताएका छन् । सरकारले आफ्ना प्रतिनिधि पठाएर उनीहरुले उठाएका मागहरु पुरा गर्नुपर्ने बताए ।
सतप्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टिनको अवस्था सुधार गर्नुपर्ने लगायतका मा राख्दै आएका अभियन्ताहरुसँग सरकारले असार २३ गते लिखित प्रतिवद्धता जनाएको थियो । कोरोनाविरुद्धको लडाइँमा भएको खर्च सम्बन्धी विवरण सार्वजनिकीकरणका लागि अर्थ मन्त्रालय, श्रमिकका सम्बन्धमा श्रम मन्त्रालय र अन्य विषयमा गृह मन्त्रालयलाई एक हप्ताभित्र लेखेर पठाउने पनि उल्लेख थियो । हाल अनसनरत ईः लगायतका अभियन्ताहरुको स्वास्थ्य अवस्था बिग्रिँदै गएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको तयारी खेलमा इंग्ल्याण्डको विजयी सुरुवात
-
विश्वकपअघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाद्वारा होन्डुरस पराजित
-
पोखरामा चोरी गर्दागर्दै काभ्रेका युवक रङ्गेहात पक्राउ
-
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
-
कास्कीमा प्रहरीको ‘स्वीप अप्रेसन’, ४० सवारी साधन कारबाहीमा
-
न्याय पाउने आशासहित मातृभूमि फर्किएको छु : धुर्मुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण