‘ए’ डिभिजन क्लबलाई खेल मैदान उपलब्ध गराउने सिलवालको घोषणा
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवालले खेल मैदान नभएका ‘ए’ डिभिजन क्लबलाई खेल मैदान उपलब्ध गराउने घोषणा गरेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राखेपमा नियुक्त भएका पदाधिकारीहरुलाई शुभकामना दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खेल मैदान नभएका ‘ए’ डिभिजन क्लबहरुलाई मैदान उपलब्ध गराउने बताएका हुन् ।
उनले एन्फाले सूचना दिए काठमाडौं उपत्यकाभित्र वा नजिकै कुनैपनि ठाउँमा खेल मैदान उपलब्ध गराउने बताए । फुटबलको विकास कसरी गर्ने भन्ने कुरामा राखेप र एन्फाले संयुक्त रुपमा काम गर्नुपर्नेमा सिलवालले जोड दिए । खेलाडीसँग सम्भावना भएको तर म्याच एक्सपोजरको अभाव भएकोले त्यसका लागि राखेपले सघाउने प्रतिवद्धता जनाए । खोलाडीको क्षमता विकासका लागि राम्रो प्रशिक्षण र राम्रो टुर्नामेन्टको जरुरत रहेको भन्दै त्यसका लागि काम गर्नु नै अहिलेको आवस्यकता रहेको बताए । आगामी दशैं अगाडी विश्वकप क्वालिफाई खेल लगायतका ३ वटा महत्वपूर्ण प्रतियोगिता हुने र त्यसमा राम्रो गर्न सके अन्तर्राष्ट्रिय रुपमा नै नेपालको फुटबलको चर्चा हुने बताए ।
अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले नेपाली फुटबललाई व्यवसायीक रुपमा विकास गर्दै लैजान सरकारले एन्फालाई आर्थिक सहयोग गर्नुपर्ने बताए । उनले राष्ट्रिय खेलकुद परिषद् मार्फत आर्थिक सहयोग उपलब्ध हुने विश्वास व्यक्त गरे । उनले सरकारले कम्तिमा पनि तीनदेखि चार वर्षका लगानी गरेमा नेपालको फुटबल व्यवसायिक रुपमा अगाडि बढन सक्षम बन्ने बताए । लिगलाई तीन महिनाभन्दा बढी समय सञ्चालन गर्न र थप व्यवस्थित बनाउन पनि सरकारको लगानी हुनुपर्ने बताए । अहिले कतिपय ‘ए’ डिभिजन क्लबका आफ्नै खेल मैदान नभएकाले राखेपले उपलब्ध गराउनेमा आफु विश्वस्त रहेको शेर्पाले बताए ।
लकडाउनका कारणले अखिल नेपाल फुटबल संघले आयोजना गर्ने सबै लिग रोकिएका छन् । यसका साथै अन्तर्राष्ट्रिय स्तरमा हुने विभिन्न प्रतियोगितामा समेत खेलाडिहरु जान पाएका छैनन् । त्यस्तै एन्फाले आगामी भदौ १ गतेबाट खेलाडिहरुलाई बन्द प्रशिक्षण गराउने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल