सिन्धुपाल्चोकबाट गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
बिहीबार, २२ साउन २०७७, १९ : ४७
सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको विकट वडा नं ६ थाङ्पाल धाप लेखर्ककी एक गर्भवतीलाई आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बिहान ८ बजेदेखि भर्ना गरिएकी ३४ वर्षीया पासाङ लामालाई स्थानीय स्वास्थचौकीबाट सुत्केरी गराउन नसकेपछि गाउँपालिकाको पहलमा नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौँ पठाइएको गाउँपालिका अध्यक्ष टासी लामाले बताए ।
शिशुको टाउको ठूलो रहेको र मुटुको धड्कन सामान्य नरहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख आत्माराम धितालले जानकारी दिएस् । अविरल वर्षाले सडकमा पनि क्षति पु¥याएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा