तस्विरमा हेर्नुहोस् राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुको कोरोना परीक्षण
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीको सोमबारदेखि कोरोना परीक्षण शुरु भएको छ । विश्वकप छनौट फुटबलका लागि एन्फाले भदौ १ देखि टिमको प्रशिक्षण सुरु गर्ने योजना बनाएको छ । त्यसैका लागि एन्फाले कोरोना परीक्षण गरेको हो । पहिलो दिन काठमाडौँ बाहिरबाट आएका खेलाडीहरुको कोरोना परीक्षण गरिएको छ । भोलि अन्य खेलाडी तथा प्रशिक्षण टोलीको पनि परीक्षण गरिने बताइएको छ ।

नेपाल सरकारले भदौ १ देखि जनस्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाएर खेलकुदको प्रशिक्षण गर्नका लागि खुल्ला गरेपछि एन्फाले प्रशिक्षणको तयारी गरेको हो । एन्फाले बिहीवारबाट एन्फा मुख्यालयमा रहेको होस्टल सेनिटाइज गर्ने काम सुरु गरेको थियो । त्यस्तै, एन्फाको सातदोबोटो स्थिति कार्यालय भवन र मैदान पनि निर्मलीकरण गर्ने काम भइरहेको छ । डब्ल्युएचओ र फिफाको गाइडलाइन्सअनुसार एन्फाको मेडिकल टिमले पनि प्रशिक्षण गर्न प्रोटोकल तयार गरिएको बताएको छ । विश्वकप छनोटअन्तर्गत समूह ‘बी’मा रहेको नेपालले अब तीन खेल खेल्न बाँकी रहेको छ ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण