पाटनमा यसरी मनाइयो कृष्णाष्टमी, तस्विरमा हेर्नुहोस्
आज भाद्र कृष्ण अष्टमीका दिन भगवान् श्रीकृष्णको जन्म दिन मनाइँदै छ । आज कै दिन भगवान् श्रीकृष्णको जन्म पिता वासुदेव र माता देवकीको कोखबाट द्वापर युगमा भारतको मथुरामा भएको शास्त्रमा वर्णित गरिएको छ ।
भगवान् श्रीकृष्णलाई ज्ञान, कर्म र भक्ति योगका संस्थापकका रूपमा मानिन्छ ।
‘‘धर्तीमा दुष्ट र पापीको अत्याचार रहँदा म पुनः धर्तीमा आउने छु र धर्मको उत्थान गर्नेछु,’’ भन्ने उद्घोषलाई मनन गर्दै कृष्णाष्टमी मनाउने गरिन्छ । भक्तजनहरुले भगवान् श्रीकृष्णको बाल्यकालको बाल सुलभता, गोपिनीसँगको प्रेम स्नेह र बाँसुरीको धुनद्वारा सबैलाई मोहित गराउने प्रेमगाथालाई आजसम्म संस्मरण गर्दै आएका उनको पूजा– आराधना गर्दै आएकाछन् ।
आश्विन शुक्ल अष्टमीको कालरात्रि, कात्तिक कृष्ण औँसीको सुखरात्रि, फागुन कृष्ण तृतीयाको महाशिवरात्रि र यो भाद्र कृष्ण अष्टमीको मोहरात्रि गरी यी चार रातको निकै महत्त्व रहेको शास्त्रमा वर्णित छ । कृष्ण प्रणामी, कृष्णभक्तको अन्तर्राष्ट्रिय संस्था इस्कोनले विश्वभर नै आफ्नो संस्थामा भव्यताका साथ जन्माष्टमी मनाउँदै आएका छन् ।
हेरौँ पाटन दरबार क्षेत्रमा खिचिएका केही तस्विरहरुः













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण