शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या ९१ पुग्यो

बुधबार, २८ साउन २०७७, १६ : ४५
बुधबार, २८ साउन २०७७

काठमाडौं । पछिल्लो विवरणअनुसार कोरोनाभाइरसबाट थप ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका १, धादिङका १, धनुषाका २, सप्तरीका १, मोरङका १, कपिलवस्तुका १ र बाराका १ जना गरी जम्मा ८ जनाको मृत्यु भएको हो । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । 

मन्त्रालयका अनुसार ललितपुरस्थित किस्ट अस्पतालमा उपचाररत काठमाडौंकी ७८ वर्षीया महिलाको मृत्यु भएको छ । उनी मधुमेह, रक्तचापका समस्याबाट पीडित थिइन् ।

यसैगरी धादिङको निलकण्ठ नगरपालिका ३२ वर्षीय पुरुषको  ह्याम्स अस्पतालमा मृत्यु भएको  छ भने  उनी क्षयरोगी थिए ।

यस्तै धनुषाको जनकपुर उपमहानगरपालिका १ निवासी ७१ वर्षीय पुरुषको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । धनुषाकै ३८ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । 

सप्तरीको डाक्नेश्वरी नगरपालिकाका ७२ वर्षीय पुरुष र मोरङको बुढीगंगा गाउँपालिकाका ५५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । 

यस्तै कपिलवस्तु नगरपालिकाका ४२ वर्षीय पुरुष र बाराका  ७५ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप