मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
आइपीएल प्रतियोगिता

आईपीएलमा आज : बलियो कोलकातालाई उसैको घरमा पञ्जाबको चुनौती

शुक्रबार, १४ वैशाख २०८१, ११ : ०५
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा शुक्रबार कोलकाता नाइट राइडर्सले पञ्जाब किङ्सको सामना गर्दैछ । यी दुई टोलीबिचको खेल कोलकातास्थित ईडेन गार्डेन्स स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ ।

जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ४२औँ खेल हो । यो सिजन कोलकाताले आठौँ र पञ्जाबले नवौँ खेल खेल्न लागेका हुन् । जारी सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै आएको कोलकाताले यसअघि खेलिएको सातमध्ये पाँच खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको छ ।

कोलकाता १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । १४ अङकसहित राजस्थान रोयल्स पहिलो स्थानमा आसिन छ । हालसम्म आठ खेल खेलेको राजस्थानले सात खेलमा जित हासिल गरिसकेको छ । राजस्थान एक खेलमा मात्र पराजित भएको छ ।

अर्कोतिर, जारी सिजनको आईपीएलमा पञ्जाबले अत्यन्तै खराब प्रदर्शन गर्दै आएको छ । पञ्जाब यसअघि खेलिएको आठमध्ये ६ खेलमा पराजित भइसकेको छ । पञ्जाबले केवल दुई खेलमा जित हात पारेको छ । पञ्जाब चार अङ्कसहित तालिकाको नवौँ स्थानमा छ ।

हालसम्म नौ खेलबाट चार अङ्क जोडेको रोयल च्यालेन्जर्स बैंगलुरु भने तालिकामा सबैभन्दा तल अर्थात, १०औँ स्थानमा छ । कोलकाता र पञ्जाब यो सिजनको आईपीएलमा पहिलो पटक आपसमा भिड्न लागेका हुन् ।

‘हेड टु हेड’मा कोलकाता अगाडि

इन्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्स र पञ्जाब किङ्सबिच हालसम्म कुल ३२ खेल खेलिएको छ । हालसम्म खेलिएको खेलको नतिजालाई हेर्दा पञ्जाबभन्दा कोलकाता बलियो देखिन्छ । कोलकाताले २१ खेलमा पञ्जाबलाई हराएको छ । पञ्जाबले भने ११ खेलमा मात्र कोलकातालाई पराजित गरेको छ ।

कोलकाताको सर्वाधिक रन सुनिल नारिनको नाममा

sunil

जारी सिजनको आईपीएलमा कोलकाता नाइट राइडर्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान सुनिल नारिन हुन् । उनले हालसम्म सात पाली खेल्दै टोलीका लागि कुल २८६ रन बनाएका छन् । यस क्रममा उनले एक शतक र एक अर्धशतक पनि प्रहार गरेका छन् ।

कोलकाताका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा फिल साल्ट दोस्रो स्थानमा छन् । उनले सात पालीमा २४९ रन बनाएका छन् । यस क्रममा उनले दुई वटा अर्धशतक पनि प्रहार गरेका छन् ।

यो सिजन कोलकाताका लागि सर्वाधिक विकेट लिने बलर भने आन्द्रे रसेल हुन् । उनले टोलीका लागि सात खेल खेल्दै नौ विकेट लिएका छन् । हर्षित राणा र सुनिल नारिनले पनि टोलीका लागि नौ–नौ विकेट लिइसकेका छन् ।

००
पञ्जाबका लागि सर्वाधिक विकेट हर्षल पटेलको नाममा

harshal

यो सिजनको इन्डियन प्रिमियर लिगमा पञ्जाब किङ्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान सशांक सिंह हुन् । उनले टोलीका लागि आठ खेल खेल्दै कुल १९५ रन बनाएका छन् । पञ्जाबका लागि सर्वाधिक विकेट लिने बलर भने हर्षल पटेल हुन् । उनले आठ खेलमा १३ विकेट लिइसकेका छन् । यो सिजनको आईपीएलमा सर्वाधिक विकेट लिने बलरको सूचीमा पनि उनी संयुक्त रुपमा पहिलो स्थानमा आसिन छन् ।

ब्याट्सम्यानलाई साथ दिने पिच

कोलकाता नाइट राइडर्स र पञ्जाब किङ्सबिच शुक्रबारको खेल हुने ईडेन गार्डेन्स स्टेडियमको पिच ब्याट्सम्यानलाई साथ दिने प्रकृतिको छ । यो स्टेडियममा हालसम्म आईपीएलको कुल ९० खेल खेलिएको छ ।

यो स्टेडियममा पहिले ब्याटिङ गर्ने टोलीले ३७ र जवाफी ब्याटिङ गर्ने टोलीले ५३ खेल जितेका छन् । यो स्टेडियममा बनेको उच्च स्कोर भने चार विकेट गुमाएर २३५ रन हो । यो स्कोर अघिल्लो सिजन चेन्नई सुपर किङ्सले कोलकाताविरुद्ध बनाएको थियो ।

छैन वर्षाको सम्भावना

कोलकाता नाइट राइडर्स र पञ्जाब किङ्सबिच खेल हुने दिन शुक्रबार कोलकाताको मौसम सफा रहने बताइएको छ । शुक्रबार कोलकातामा वर्षाको कुनै सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोलकाताको तापक्रम २९ देखि ४० डिग्री सेल्सियसको बिचमा रहने बताइएको छ ।

सम्भावित टोली

कोलकाता नाइट राइडर्स : श्रेयस ऐयर (कप्तान), फिल साल्ट (विकेटकिपर), सुनिल नारिन, वेंकटेश ऐयर, अंकगृष रघुवंशी, रिंकु सिंह, आन्द्रे रसेल, रमनदीप सिंह, मिचेल स्टार्क, वरुण चक्रवर्ती र हर्षित राणा । इम्प्याक्ट प्लेयर : सुयश शर्मा ।

पञ्जाब किङ्स : साम कुर्रन (कप्तान), प्रभसिमरन सिंह, राइली रुसो, जितेश शर्मा (विकेटकिपर), लियाम लिभिङ्स्टोन, सशांक सिंह, आशुतोष शर्मा, हरप्रित बरार, हर्षल पटेल, कागिसो राबडा र अर्शदीप सिंह । इम्प्याक्ट प्लेयर : राहुल चाहर ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप