मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

जेठमा ‘नेपाल फेसन फेस्टिभल’ आयोजना हुने

शुक्रबार, १४ वैशाख २०८१, ११ : ०२
शुक्रबार, १४ वैशाख २०८१

काठमाडौँ । नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’ आयोजना हुने भएको छ । फेशन नेटवर्क नेपालले आगामी जेठ ११ गतेदेखि १३ गतेसम्म (मे २४ देखि २६ सम्म) ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना हुने फेस्टिभलमा तीनै दिन हरेक साँझ फेसन रनवे (फेसन शो) समेत आयोजना हुनेछ । 

फेसन शोमा नेपालका स्थापित डिजाइनरहरूले तयार पारेका पहिरनहरू मोडलले क्याटवाक मार्फत प्रस्तुत गर्नेछन् । जसका लागि मोड अडिसन मार्फत छानिनेछ । 

फेशन नेटवर्क नेपालले एक विज्ञप्ति जारी गर्दै ‘नेपाल फेसन फेस्टिभल’ मा मोडलको आवेदन मागेको थियो । प्राप्त आवेदन मध्येबाट मोडल छान्नका लागि शनिवार सानेपाको हेरिटेज गार्डेनमा ‘मोडल कास्टिङ कल’ राखिएको छ । शुक्रबार साँझसम्म अडिसनका लागि आवेदन दिन सकिनेछ । १८ वर्षभन्दा माथिका युवा, युवतीहरूले मात्र सहभागी जनाउन पाउनेछन् ।

मोडलिङ क्षेत्रमा करियर बनाउन चाहने युवा–युवतीहरूलाई अवसरका लागि अडिसन राखिएको आयोजक फेसन नेटवर्क नेपालका संस्थापक÷निर्देशक प्रशान्त ताम्राकारले बताए ।

नेपालको फेसन उद्योगसँग सम्बन्धित बुटिक, डिजाइनर, फोटो स्टुडियो, इभेन्ट म्यानेजमेन्ट गर्ने संस्था, सौन्दर्य सामग्री उत्पादक कम्पनीसहित दर्जनौँ प्रतिष्ठानहरूले सहभागिता जनाउने ‘नेपाल फेसन फेस्टिभल’ मा लाई ऐतिहासिक रूपमा सफल बनाउन आयोजक संस्था फेसन नेटवर्क नेपाल लागि परेको छ । 

अडिसनको निर्णायकमा प्रशान्त ताम्राकार (अभिनेता), राजभाइ सुवाल (फेसन फोटोग्राफर), दीपा गुरुङ (ब्युटी इन्टरप्रेनर), डा.सरीशा श्रेष्ठ (मिस नेपाल अर्थ–२०२२), यूवी थापा (इन्टरनेशनल फेसन डिजाइनर) रहनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप