शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तरीमा सवारी दुर्घटना, एक बालिकासहित २ जनाको मृत्यु

बुधबार, २८ साउन २०७७, १९ : ५६
बुधबार, २८ साउन २०७७

सप्तरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–६ मा आज भएको सवारी दुर्घटनामा परी एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४च ८४८३ नंको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको स७प ८९३२ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा बालिकासहित चार जना सवार थिए ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सोही नगरपालिका निवासी ४५ वर्षीय कासिम अन्सारी र ३ वर्षीया नातिनी फरना खातुन रहेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । ठक्करबाट गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि रुपनीस्थित युनिक अस्पतालमा भर्ना गरिए पनि उपचारकै क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ  ।

सोही दुर्घटनामा परी मृतककी ४० वर्षीया श्रीमती रोशना खातुन र २५ वर्षीया छोरी समसुन खातुन गम्भीर घाइते भएका छन् । उनीहरुको युनिक अस्पतालमा उपचार भइरहेको छ भने पिकअप र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप