सिरहामा कोरोनाका कारण एक पुरुषको मृत्यु

कोरोना (कोभिड १९) का कारण सिरहमा थप एक पुरुषको मृत्यु भएको छ । सिरहाको विष्णुपुर गाउपालिका – १ गौरीपुरका ४० वर्षीय पुरुषको कोरोनाका कारण कोसी अञ्चल अस्पताल विराटनगरमा बिहिबार राती मृत्यु भएको हो ।
ज्वरो, टाइफाईड र स्वास प्रस्वासमा समस्या देखिएपछि उनलाई थप उपचारका लागि बुधबार विराटनगर लगिएको थियो ।
घरमै उपचार गराइरहेका उनलाई असहज महसुस हुन थालेपछि विराटनगरस्थित कोशी अस्पताल लगिएको परिवारले बताएको छ ।
विराटनगरमा उनको आईसोलेशनमा राखेर उपचार गरिएको र उनको मृत्युपश्चात स्वावको रिपोर्ट पोजेटिभ आएको अस्पताल स्रोतले जनाएको छ । मृतको शव सिरहा ल्याउने प्रकृयामा रहेको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले जानकारी दिए ।
सिंहको मृत्युपछि विष्णुपुरमा शुक्रबार बिहान ४ बजेदेखि दिउँसो ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । मृतकको सम्पर्कका आएका सबै व्यक्तिको पिसिआर परीक्षण गरिने वडाध्यक्ष गोपिन्द्र यादवले जानकारी दिए ।
गत साउन २ गते आमाको निधन भएपछि उनी अमाको क्रिया बसेका थिए ।
योसहित कोभिड १९ का कारण सिरहमा मृत्यु हुनेको संख्या २ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
आज दुई वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प
-
उखुमा अनुदान कटौतीले मारमा किसान, चिनी उद्योग के होला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
-
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल