मनमैजुमा चक्कु हानेर लक्ष्मणको ज्यान लिने पक्राउ
शनिबार, ३१ साउन २०७७, १० : ४३
काठमाडौँ । काठमाडौँको मनमैजुमा चक्कु हानेर नुवकोटका लक्ष्मण तामाङको हत्या गर्ने मुख्य व्यक्ति आङदोर्जे शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।
दोलखा घर भएका आङदोर्जेलाई मनमैजु क्षेत्रबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाबाट प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिए ।
शुक्रबार साँझ सुमन गोर्खा खाजा घरमा ‘गर्लफेन्ड खोसेको’ विवादमा दुई समूहबीच झडप हुँदा शेर्पाले चक्कु प्रहार गर्दा लक्ष्मणको मृत्यु भएको थियो ।
नुवाकोटका २४ वर्षीय लक्ष्मणको शव ग्रिनसिटी अस्पतालमा राखिएको छ । बालाजुको सुकुम्बासी बस्तीमा बस्ने हत्या आरोपी आङदोर्जेबारे अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
दोर्जेको समूहका तीनजनालाई प्रहरीले शुक्रवार राती सोधपुछका लागि नियन्त्रणमा लिएको थियो ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा