बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

‘क्याप्टेन कूल’को कथा– कसैसँग किन डराउँदैन थिए धोनी ?

आइतबार, ३२ साउन २०७७, १६ : १९
आइतबार, ३२ साउन २०७७

-आदेशकुमार गुप्त
केही दिनदेखि युट्युबमा भारतका पूर्व कप्तान महेन्द्र सिंह धोनीको एक भिडियो भाइरल भइरहेको थियो, जसमा उनले आफ्नो कप्तानीमा भारतलाई जिताएका दुुई विश्वकप जीवनको अविस्मरणीय क्षण रहेको बताएका थिए ।  त्यसमध्ये एउटा क्षण २००७ मा दक्षिण अफ्रिकामा जितिएको पहिलो आईसीसी टी–२० विश्वकप र दोस्रो, २०११ मा भारतमै जितिएको एक दिवसीय विश्वकप थियो । 

धोनीका अनुसार जब टी–२० विश्वकप जितेर टोली मुम्बई फर्किएको थियो, तब विमानस्थलदेखि कयौं माइलसम्म सडकका दुुई किनारमा समर्थकहरुको भीड थियो, यो दृश्य अद्भूत थियो । जब २०११ मा आईसीसी विश्वकपको फाइनलमा भारत उपाधिको झन्डै नजिक थियो, अचानक रंगशालामा ‘बन्दे मारतम...’ गुन्जियो । 

धोनीले सबैलाई हैरान बनाउनेगरी शनिबार राति अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।  धोनीको कप्तानीमा भारतले आईसीसी च्याम्पियन्स ट्रफी पनि जित्यो । उनकै कप्तानीमा भारतीय क्रिकेट टिम टेस्ट क्रिकेटमा समेत आईसीसीको नम्बर एक वरियतामा पुग्यो । 

महेन्द्रसिंह धोनीको नाममा टेस्ट, एक दिवसीय र टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै रेकर्ड छन्, यसबाहेक उनलाई भारतका सबैभन्दा सफल कप्तानका रुपमा पनि लिइनेछ । आइपिएल अर्थात् इन्डियन प्रिमियर लिगमा पनि धोनी सबैभन्दा सफल कप्तान रहे । उनको कप्तानीमा चेन्नई सुपर किंग्स सबैभन्दा धेरैपटक सुपर फोरमा पुुग्यो र तीनपल्ट च्याम्पियन पनि भयो । वर्ष २०१८ मा त धोनीकै सहारामा चेन्नईले उपाधि जितेको थियो ।

आखिर धोनीको खेल र कप्तानीमा त्यस्तो के थियो, जसले उनलाई संसारका अन्य खेलाडी र कप्तानभन्दा अलग बनाउँछ र कसरी उनी भारतको सबैभन्दा लोकप्रिय खेलका सफल कप्तान बने । यसबारे क्रिकेट समीक्षक विजय लोकपल्ली भन्छन्, ‘पहिले त उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने टाइमिङ्ग नै निकै शानदार छ ।’

आमरुपमा कुनै पनि खेलाडीको सन्यास घोषणाबारे सबैलाई  बीबीसीआई (भारतीय क्रिकेट बोर्ड) मार्फत थाहा हुन्छ, तर यसपटक कसैलाई केही थाहा भएन । जसरी उनले टेस्ट क्रिकेटबाट सन्यास लिए, त्यसरी नै अन्तर्राष्ट्रिय क्रिकेटलाई पनि अलबिदा गरे, त्यो पनि आफ्नै दममा । 

विजय लोकपल्लीको बुुझाईमा धोनी सबैभन्दा अलग र निडर कप्तान थिए । सबैले जितेका लागि खेलेको बताउँछन्, तर धोनी साँच्चै जितका लागि खेल्थें । हारको डर समाप्त गर्ने परम्परा नै उनले सुरु गरेका थिए ।  धोनीले आफ्नो कप्तानीमा थुप्रै नयाँ प्रयोग गर्थे । नयाँ खेलाडीलाई मौका दिन पछि हट्दैनथिए । विजय लोकपल्लीका अनुसार भारतीय इतिहासमा टाइग मन्सुर अली खान पटौदी, सौरभ गांगुुली र धोनी विशेष कप्तान हुन्, यसमा पनि धोनीको स्थान सबैभन्दा अलग छ । 

धोनीको कप्तानीको विशेषताबारे लोकपल्ली भन्छन्, ‘उनी जिम्मेवारी लिन्थें ।’ कठिन समयमा उनले बलरहरुलाई साथ दिने गरेका थिए । जस्तो, २००७ को टी २० विश्वकप फाइनलमा उनले जोगिन्दर शर्मालाई अन्तिम ओभरमा बलिङ गर्न पठाउनुुअघि ‘जेसुुकै भएपनि जिम्मेवारी म लिन्छु’ भनेर ढाडस दिएका थिए । 

हुनत हरेक कप्तानले यस्तै भन्छन्, तर धोनीले हरेकपटक खेलाडीको साथ दिने गरेका थिए । त्यसैले खेलाडीहरुलाई पनि लाग्थ्यो कि यी कप्तानले मलाई धोका दिने छैनन् वा दबाबमा पार्ने छैनन् ।  धोनी आफैं सानो ठाउँबाट आएका थिए, त्यसैले उनलाई यस विषयको राम्रो अनुुभव पनि थियो । उनलाई थाहा थियो कि नयाँ खेलाडीमाथि दबाब हुन्छ । 

उनी एकदिवसीय क्रिकेटको सुरुवाती चार इनिङग्स्मा आफैं असफल भएका थिए, तर पाकिस्तानविरुद्ध विशाखापट्टनममा पाँचौं इनिङग्स्मा जर्बजस्त ब्याटिङ गरेर आफ्नो करियरको छनक संसारलाई देखाएका थिए । आईपिएलमा उनको सफल कप्तानीबारे लोकपल्ली भन्छन्, ‘आईपिएल बीसीसीआईको घरेलु प्रतियोगिता हो । त्यसैले म यसलाई महत्व दिन्न किनकी धोनीले दुुई विश्वकप जिताए, योभन्दा ठूलो अरु के हुनसक्छ ।’

आईपिएल चाहे कसैले दश पटक नै जितोस्, तर विश्वकप जित्नुको अर्थ तपाईले पुरै विश्वलाई हराउनु हो । वर्ष १९८३ पछि भारतले हरेकपटक विश्वकप जित्नेबारे सोचेको थियो, तर २०११ म धोनीको कप्तानीमा आएर मात्रै यो सम्भव भयो, त्यो पनि उनले प्रहार गरेका शानदार छक्काको मद्दतले । 

धोनी आफैंले पनि २००७ को टी–२० र २०११ को विश्वकपलाई धेरै महत्वपूर्ण मानेका छन् । यसबारे विजय लोकपल्ली भन्छन्, ‘धोनी पनि त यस्तै छन् ।’ उनले पहिलो अन्डर १९ खेले, त्यसपछि जोनल क्रिकेट र बल्ल भारतको टिममा आए । जब उनले भारतका लागि खेले, तब आफ्नो सबै ताकत र क्षमता मैदानमा लिएर जान्थें ।

बाँकी खेलाडी पनि देशकै लागि खेल्छन्, तर धोनीको भावना अलग थियो ।  जस्तो, धोनी फौजसँग जोडिए, पुलिस र फौजीसँग समय बिताउन उनलाई राम्रो लाग्थ्यों । उनलाई साहसी व्यक्तिका रुपमा मानिसहरुले याद गर्नेछन् ।
अन्तर्राष्ट्रिय क्रिकेटमा अब धोनी देखिने छैनन्, उनको अभाव खड्किनेछ । तर आईपिएलमा उनी देखिनेछन् ।  के कुराले धोनीलाई अन्यसँग अलग गर्छ ? यसबारे लोकपल्ली भन्छन्– ‘उनले आफ्नो दममा खेले ।’ पाकिस्तानविरुद्ध शतक बनाएपछि टिममा रहिरहनका लागि एकपटक पनि उनलाई चयनकर्ता वा कप्तानको सहयोग चाहिएन । हरेक कप्तान चाहन्थें कि धोनी टिममा रहुन् । 

चयनकर्ताले पहिले उनको लाख लेख्थें, त्यसपछि बाँकी खेलाडीको नाम चयन गर्थे, यो उनको विशेषता थियो । सचिन तेन्दुलकर, भिभिएस लक्ष्मण, राहुल द्रविड, वीरेन्द्र सहवाग र गौतम गम्भिर टिममा समावेश नहुुँदा कप्तान धोनी पनि विवादमा तानिएका थिए । तर लोकपल्लीको बुुझाईमा यो धोनीप्रतिको अपमान हो । ‘ धोनीले एक्लै टिम चयन गर्दैनथें’ उनी भन्छन् ।  बीसीसीआईका चयनकर्ताले यो काम गर्छन् । सबैलाई थाहा छ कि राहुल द्रविड र भीभीएस लक्ष्मणले आफ्नो निर्णय लिइसकेका थिए, सहवागले रन बनाइरहेका थिएनन् र तेन्दुलकरले त दुुई सय टेस्ट म्याचपछि सन्यास लिने सोचिसकेका थिए । 

यस विपरित धोनीले धेरै खेलाडीहरुको साथ दिए । लोकपल्लीकाअनुसार धोनी कति सहयोगी थिए भनेर अब यी खेलाडीले आफैं खुलेर बताउनेछन् ।  पूर्व ब्याट्सम्यान तथा राष्ट्रिय टिमका चयनकर्ता रहिसकेका अशोक मल्होत्राकाअनुसार धोनी ढुुंगामा कुँदिएको अक्षरजस्ता थिए । पछिल्लो विश्वकपपछि उनलाई एकपटक पनि भारतीय टिममा चयन गरिएन । चयनकर्ताले धोनीलाई छाडेर भविष्यको टिम बनाइरहेका थिए । ‘सबैले मान्छन् कि धोनीभन्दा ज्यादा महान् कप्तान, महान् खेलाडी, महान् विकेटकिपर, एकदिवसीय क्रिकेटका च्याम्पियन कोही देखिएनन्, तर हरेक खेलाडीको समय हुन्छ,’ अशोक मल्होत्रा थप्छन्, ‘धोनीजस्ता खेलाडीले चाहेको बेला क्रिकेटबाट सन्यास लिनसक्छन्, तर यदि उनले गत विश्वकपपछि यस्तो निर्णय गरेको भए राम्रो हुनेथियो ।’ 

सबैलाई थाहा थियो कि धोनी आईपिएलको प्रतिक्षामा थिए र टी-२० विश्वकपमा आफ्नो सम्भावनाको खोजी गरिरहेका थिए, तर कोराना भाइरसले टी २० विश्वकपको मिति सारियो र धोनीको इच्छा अधुरै रह्यो ।  धोनीको सन्याससँगै क्रिकेटको एक युुगको एक इतिहास समाप्त भएको छ, यसमा विराम लागेको छ । 

कप्तानका रुपमा धोनीको योगदानबारे मल्होत्रा भन्छन्, ‘उनी निकै उत्कृष्ट कप्तान थिए । यस्तो कप्तान जसले पहिलो टी–२० र त्यसपछि आईसीसी विश्वकप क्रिकेट उपाधि जित्यो ।’ धोनी उत्कृष्ट कप्तान र निकै शान्त स्वभावका खेलाडी थिए । न उनी कहिल्यै तनावमा आए, न कहिल्यै उत्तेजित नै भए । खेलाडी र कप्तान धेरै आए र गए । तर, मुस्किल अवस्थामा धोनीले जति ठन्डा दिमागले कप्तानी गर्थे, उनको अलग रुप निखारिएर बाहिर आउँथ्यो । मैदानमा उनले लिएका निर्णय सँधैं प्रसंशायोग्य रहे । 

आईपिएलमा धोनीको कप्तानी र सफलताबारे मल्होत्रा भन्छन्, ‘चेन्नई सुपर किंग्स उनको घरकै टिम थियो ।’ चेन्नई पुुग्नेबित्तिकै उनलाई लाग्छ कि घर फर्किएको छु । यस क्लबप्रति उनको लगाव छ । मानिसहरुले चेन्नई सुुपरकिंग्सलाई धोनी सुपर किंग्स समेत भन्छन् । चेन्नई सुपर किंग्स चाहन्छन् कि ५० वर्षको उमेरमा धोनी आफ्नै क्लबमा रहिरहुन् ।  

धोनीलाई भारतले कसरी याद गर्नेछ ? यसबारे मल्होत्रा भन्छन्, ‘भारतसँग सुनिल गावस्कर, कपिल देव, सचिन तेन्दुुलकर र अनिल कुम्बले थिए । हुनसक्छ धोनी त्यस स्तरका देखिएनन् । तर धोनीको जो योगदान छ, त्यो लगावपूर्ण छ । उनले भारतलाई जसरी जित दिलाए, चाहे त्यो कप्तानका रुपमा होस् वा ब्याट्सम्यानका रुपमा, त्यस आधारमा उनी भारतका अहिलेसम्मकै शीर्ष चार खेलाडीमध्ये पर्छन् ।’

धोनीबारे एक पूर्व चयनकर्ता र टोलीका पूर्व अलराउन्डर मदनलाल भन्छन्, ‘उनको करियर निकै शान्दार रह्यो । उनको सफलतालाई देखेर यो भन्न सकिन्छ कि उनी भारतका सर्वश्रेष्ठ कप्तान हुन् । थाहा छैन उनले भारतलाई कति टेस्ट र एकदिवसीय खेल जिताए ।’

सबैभन्दा ठूलो विशेषता यो थियोकि उनी चुप लागेर आफ्नो काम गर्दै जान्थें, त्यसैले उनलाई क्याप्टेन कुल पनि भनिथ्यों । मदनलाल थप्छन्, ‘उनी निर्णय लिन माहिर थिए । टिमलाई सम्हाल्ने उनको क्षमता बेजोड थियो । युवा खेलाडीहरुसँग उनको राम्रो तालमेल थियो । मिडियासामु कसरी देखिने भन्ने पनि उनलाई थाहा थियो ।’

आईपिएलमा उनको कप्तानीबारे मदनलाल भन्छन्, ‘टी–२० टिममा टिम कस्तो बनाउनुपर्छ भन्ने उनलाई राम्रोसँग थाहा थियो । टिममा नियन्त्रण बनाउन उनलाई आउँछ, यहि कारण चेन्नई सुपर किंग्स्मा उनले आफ्नो नियन्त्रण राखे ।’  कप्तानका रुपमा धोनी सबैभन्दा अलग किन देखिन्छन् ? यसबारे मदनलाल भन्छन्, ‘कुनै पनि देशका लागि लगातार शान्दार प्रदर्शन गर्नु सबैभन्दा महत्वपूर्ण हो ।’

सन् १९८३ को विश्वकपपछि भारतलाई फेरि उपाधि जित्नु जरुरी थियो । धोनीले पहिलो टी–२० विश्वकप र त्यसपछि २०११ मा आईसीसी विश्वकप जिते ।  आज अन्तर्राष्ट्रिय क्रिकेटमा भारत निकै मजबुत अवस्थामा छ र यसको श्रेय सौरभ गांगुली, विराट कोहली र महेन्द्रसिंह धोनीलाई जान्छ । उनीहरुले भारतलाई जित्न सिकाए, उसै पनि हार्ने टिम कसैले चाहदैंन । 

मदनलालका अनुसार धोनीलाई हरहालतमा खेल जित्ने खेलाडीसँगै क्याप्टेन कुल र जर्बजस्त ब्याट्सम्यानका रुपमा याद गरिनेछ । कसरी आफ्नो टिमलाई च्याम्पियन बनाउने भन्ने विषय ठूलो खेलाडीको पहिचान पनि हो ।  धोनीबारे भारतका पूर्व कप्तान सुनिल गावस्कारले बारम्बार भनेका छन्, ‘म चाहन्छु कि मेरो आँखासामु धोनीले २०११ विश्वकपमा छक्का प्रहार गरेर भारतलाई च्याम्पियन बनाएको दृश्य सधैं रहिहोस् ।’ एउटा खेलाडीको भाग्यमा योभन्दा ठूलो कुरा के नै हुनसक्छ । -बीबीसी हिन्दी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप