काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा कडा चेकजाँच, तस्बिरमा हेर्नुहोस्
काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुंगामा प्रहरीले चेकजाँचलाई कडाइ गरेको छ । सो नाका हुँदै राजधानी प्रवेश गर्न खोज्ने यात्रु र सवारीसाधानलाई प्रवेश दिइएको छैन ।
गृह मन्त्रालयको आदेशअनुसार हाल ७७ वटै जिल्ला प्रशासन कार्यालय पास जारी गर्न बन्द गरेका छन् । यस्तै एक जिल्लाबाट अर्को जिल्लामा हुने आवतजावतसमेत बन्द गरिएको छ ।
उपत्यकामा कोरोना संक्रमित दिनानुदिन थपिएपछि उपत्यका प्रवेशमा कडाइ थालिएको हो । हाल बिरामी लिएर आउने एम्बुलेन्स तथा बिरामी लिएर आउने सवारी साधन, सुरक्षा तथा स्वास्थ्यतर्फका सवारी, अत्यावश्यक दैनिक उपभोग्न ढुवानी गर्ने साधनलाई मात्रै प्रवेश दिइएको छ ।
संक्रमित बढेसँगै १५ भदौसम्म उपत्यकाभित्रै पनि भीडभाड जन्य सबै गतिविधि गर्न रोक लगाइएको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको गत शुक्रबार बसेको बैठकले भिडभाडजन्य सबै गतिविधि रोक लगाउने निर्णय गरेको थियो । जसअनुसार खुल्ला स्थानमा मानिस भेला र जम्मा हुन पाइने छैन भने सभा र जुलुस गर्न, जात्रा महोत्सव संचालन तथा दैनिक नित्यपूजा बाहेक सम्पूर्ण धार्मिक गतिविधि पनि निषेध गरिएको छ ।
यसैगरी परिवारका सदस्यबाहेक आफन्तलाई बोलाएर गरिने जमघटमा पनि रोक लगाइनुका साथै राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा समेत रोक लगाइएको छ ।

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण