भिसा अवधि सकिएका विदेशी नागरिकहरुलाई युएई सरकारको तीन महिने आममाफी
युएई- युएईमा भिसा अवधि समाप्त भएका विदेशी नागरिकहरुको लागि युएई सरकारले थप तीन आममाफी (एम्नेष्टी) घोषणा गरेको छ।
गत मार्च १ तारिक भन्दा अघि सकिएका सबै प्रकारका भिसा (टुरिस्ट र रेसिडेन्स) वाहकहरुको हकमा आजदेखि लागु हुने गरि तीन महिना थप गरिएको युएई सरकारलाई उदृत गर्दै खालिज टाईम्सले समाचार छापेको छ।
गत मार्च १ अघि भिसा सकिएर युएईमा गैर कानुनी रुपमा बसेका नेपाली लगायत अन्य विदेशी नागरिकहरुका लागि ३ महिनाको आममाफ़ी खुलेको हो। तर आगामी नोभेम्बर १७ भित्र उनीहरुले युएई छोड्नु पर्ने हुन्छ।योबीचमा कुनै पनि जरिवाना लाग्ने छैन ।
दुबई एयरपोर्टबाट यात्रा गर्नेहरुले ४८ घण्टा भन्दा अगाडि नै एयरपोर्टमा रहेको एम्नेस्टी अथोरिटीबाट क्लिएरेन्स लिनु पर्नेछ भने अबुधावी, शारजाह र रस अल खेमाबाट यात्रा गर्नेहरुले ६ घण्टा अघि नै अनुमति लिनुपर्नेछ ।
यो आममाफी मार्च १ पछि भिसा अवधि सकिएर गैरकानुनी बस्नेहरुको हकमा लागु हुनेछैन । मार्च १ पछि भिजिट भिसा सकिएकाहरुले आगामी सेक्टेम्बर ११ अधिनै युएई छाड्नु पर्ने वा भिसा रिन्यु गर्नु पर्ने छ।
यसरी फर्किएकाहरु भविष्यमा फेरि युएई आउनको लागि कुनै प्रतिबन्ध लाग्ने छैन।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण