सरकारले प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षबाट किशोर श्रेष्ठलाई हटायो
काठमाडौं । सरकारले नेपाल प्रेस काउन्सिको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको छ । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यसअघि कार्यवाहक अध्यक्ष रहेका किशोर श्रेष्ठको जिम्मेवारी खोस्दै भण्डारीलाई नियुक्त गरेको हो ।
भण्डारीलाई केही दिनअघि सरकारले काउन्सिलको सदस्यमा नियुक्त गरेको थियो । यस्तै डा.कल्याण रोकालाई युवा तथा साना व्यवसाय स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।
श्रेष्ठको काउन्सिलको सदस्य पद भने यथावत नै रहेको छ ।
प्रेस काउन्सिल ऐन, २०४८ को ६ (१) कअनुसार नेपाल सरकारले गठन गर्ने काउन्सिलमा ‘सर्वोच्च अदालतको अवकाश प्राप्त न्यायाधीश वा वरिष्ठ अधिवक्ता वा पत्रपत्रिकाको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिहरूमध्येबाट नेपाल सरकारबाट मनोनीत व्यक्ति अध्यक्ष हुने’ व्यवस्था छ ।
त्यसै गरी, प्रेस काउन्सिल ऐन, २०७५ (मस्यौदा) को परिच्छेद २ को ३ (२) क मा ‘सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता पुगेका, वरिष्ठ अधिवक्ता वा पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्ति मध्येबाट कम्तिमा ४५ वर्ष उमेर पुगेका व्यक्ति अध्यक्ष हुने’ प्रस्ताव गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण