सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा
शनिबार, ०६ भदौ २०७७, १३ : ५३
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आइतबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ । थारु समुदायले मनाउँदै आएको अतबारी पर्वको अवसरमा प्रदेश सरकारले आइतबार सार्बजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिब कृष्ण बहादुर राउतले जानकारी दिए ।
उनका अनुसार गत जेठ २३ गते बसेको प्रदेश सरकार मन्त्रिपरिषदको बैठेकले श्रावण १९ गते सोमबार रक्षाबन्धन, भाद्र ७ गते आइतबार अतबारी, पौष २९ गते बुधबार भुवा पर्व र चैत्र २३ गते सोमबार खखडेहरा पर्वमा बिदा दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार भोलि अतबारी पर्वको बिदा परेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा