शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल–भारतबीच वार्ताको वातावरण बन्दै, सन्देश बोकेर भारतीय राजदूत दिल्लीमा

सोमबार, ०८ भदौ २०७७, १७ : ०५
सोमबार, ०८ भदौ २०७७

नेपाल–भारतका प्रधानमन्त्री बीच टेलिफोन वार्ता भएपछि पछिल्लो समय दुई देशबीच चिसिएको सम्बन्धमा केही सुधारको संकेत देखिएको छ । सीमा विवादलाई लिएर दुई देशबीचको सम्बन्धमा चिसोपना भएको थियो । तर पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन संवादका साथै अन्य च्यानबाट समेत संवादहरु बाक्लिएसँगै दुई देशबीचको सम्बन्धमा सुधारको संकेत देखिएको हो । यहाँसम्म कि नेपालको सन्देश लिएर नेपालका लागि भारतीय राजदूत विनय क्वात्रा केही दिनदेखि दिल्लीमा छन् । 

नेपालले भारतसँग वार्ताका लागि गरेको पहलसँगै राजदूत क्वात्रा नेपालको सन्देश लिएर दिल्ली गएको भारतीय दूतावास स्रोतले जनाएको छ । सीमाविवाद सम्बन्धी समस्या दुवै देशले राजनीतिक र कुटनीतिक रुपमा समाधान गर्न चाहेका छन् ।  त्यसका लागि नेपालले पहल पनि गरेको छ तर भारत वार्तामा बस्न चाहिरहेको देखिँदैन । 

यहीबीचमा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच १५ अगस्तमा भारतको स्वतन्त्रता दिवसको अवसर पारेर टेलिफोन वार्ता भएपछि वातावारण केही सहज भएको बताइएको छ । स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री मोदीलाई धाई तथा शुभकामना दिनुको साथै अगामी दिन समसामयीक विषयमा छलफल गर्ने कुरा राखेका थिए ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि भारतसँग वार्ता गर्नका लागि भारतीय दूतावास र कुटनीतिक च्यानलमार्फत पहल जारी राखेका थिए । राजदूत त्यसैको रिपोर्टिङका लागि दिल्ली पुगेका हुन् । 
यो बीचमा विभिन्न विषयमा दुई देशका बीचमा पटक पटक छलफल भएको छ । साउन २३ गते रेलको विषयमा दुई देशको बीचमा छलफल भएको थियो भने साउन २९ गते पेट्रोलियमको विषयमा पनि छलफल भएको थियो । त्यही दिन रिकन्ट्रक्सको विषयमा पनि दुवै देशको बीचमा छलफल भएको थियो । 

भदौं १ गते दुई देशबीच ओभरसाइड मेकेनिज्मको बैठक बसेको थियो । यसरी दुवै देशको बीचमा पटक पटक छलफल हुँदा उच्च तहमा वार्ता हुने महौल तयार भएको परराष्ट्र मन्त्रालयका एक पदाधिकारीले बताए । 
सरकारको तर्फबाट लगातार भारतसँग वार्ताका लागि पहल भइरहेको उनले बताए । उनले भने, ‘हामीले विभिन्न कुटनीतिक स्रोतका माध्यमबाट वार्ताका लागि वातावरण बनाइरहेका छौं, चाँडै नै दुई देशको बीचमा उच्चस्तरीय संवाद हुन्छ ।’

नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर जारी गरेको नयाँ नक्साका कारण दुई देश बीचको सम्बन्ध पहिलो पटक जनस्तरमै चिसिएको छ । तर दुईदेशका प्रधानमन्त्री बीच भएको फोन संवादले सम्बन्ध सुधारको दिशातर्फ गइरहेको बताइन्छ । 

गत नोभेम्बरमा जम्मु, काश्मिर र लद्दाख केन्द्र शासित भएपछि भारतले पहिलोपटक नयाँ नक्सा जारी गर्यो । जसमा नेपाली भूभाग कालापानी, लिपुलेक समेत समेटिएपछि नेपालले आपत्ति जनाएको थियो । 
भारतले नक्सा जारी गरेको विषयमा के गर्ने भन्ने बारेमा नेपालमा छलफल र बहस चलिरहेकै बेला भारतले लिपुलेक हुँदै चीनको मानसरोबरसम्म जाने सडकको बैशाख २६ मा उद्घाटन गर्यो । भारतका रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरेको भोलिपल्टै नेपालले आफ्नो भूमिमा भइरहेको अवैधानिक क्रियाकलप बन्द गर्न आग्रह गरेको थियो । 

नेपालको प्रतिकृयामा भारतले कुनै जवाफ नदिएपछि नेपालले बाध्य भएर जेठमा कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गरेको थियो ।  एउटै भूमिलाई लिएर दुवै देशले आआफ्नो नक्सामा  समेटेपछि दुई देशबीचको सम्बन्धमा चिसोपना आएको थियो । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप