ऋषि पञ्चमी नुहाउँदा बागमतीमा बेपत्ता भएका तीनै जना बालिकाहरुको शव फेला
रौतहट । रौतहटको पूवसर््भेग गढीमाई नगरपालिकास्थित बागमती नदीमा ऋषि पञ्चमिको अवसरमा नुहाउन जाँदा बेपत्ता तिनैजना बालिकाको शव बरामद भएको छ ।
गत ७ गते बिहान गढीमाई नगरपालिका वडा नं. ७ धर्मपुर टोल बस्ने भदै मुखियाकी अन्दाजी १० वर्षीया छोरी पिंकु कुमारी मुखिया, लक्षुमण दासकी १२ वर्षीया छोरी सुसिता कुमारी दास र छट्टु मुखियाकी १० वर्षीया छोरी चञ्चल कुमारी मुखिया बागमतीमा नुहाउन जाँदा बेपत्ता भएका थिए ।
घटना लगत्तै धर्मपुर प्रहरी चौकीबाट र ईप्रका समनपुरबाट क्षेत्र बहादुर बरुवालको कमाण्डमा खटिएको टोलीले स्थानीयको सहयोगमा खोजतलास गर्दा सोहि दिन अपरान्ह ३ बजेको समयमा पिंकु कुमारी मुखियाको शव बरामद गरेको थियोे ।
मंगलबार माधवनारायण नगरपालिका–८ स्थित बाग्मती खोलाको किनारमासुसिता कुमारी दासको र राजदेवी नगरपालिका–९ ब्रम्हपुरीस्थित बागमती नदीको पूर्वपट्टी किनारमा चञ्चल कुमारी मुखियाको पनि शव फेला परेको रौतहट प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल