बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि

बिहीबार, ११ भदौ २०७७, १९ : ३६
बिहीबार, ११ भदौ २०७७

कैलाली । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज सेती प्रादेशिक अस्पतालमा १२, डडेल्धुरा १९ र  डोटी अस्पतालमा गरिएको परीक्षणमा ५  गरी ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा कैलालीका १२, डडेल्धुराका १९, डोटीका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयलका अनुसार अहिलेसम्म ४ हजार ७९१ जनाले कोरोना जितेर घर फर्किएका छन् भने ११ जना संक्रमितको मृत्यु भइसकेको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले रातोपाटीलाई जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप