आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

गायिका लेडी गागाको मास्कले सबैको ध्यान खिच्यो, आर्टिस्ट अफ द इयरसहित पाँच अवार्ड जितिन्

मङ्गलबार, १६ भदौ २०७७, ०८ : ०४
मङ्गलबार, १६ भदौ २०७७

सन् २०२० को एमटीभी भिडियो म्युजिक अवार्ड (भीएमए) मा लेडी गागा सर्वाधिक बिजेता बनेकी छिन् । लेडी गागाले कूल पाँच अवार्ड पाएकी छिन् जसमा आर्टिस्ट अफ द इयर पनि समावेश थियो । क्रोमेटिका गायिका लेडी गागाले आफ्ना प्रस्तुतीका साथै आफ्नो स्टेटमेन्ट फेसमास्कले सबैको ध्यान खिच्न सफल भइन् । स्मरण रहोस्, कोरोना भाइरस महामारीको समयमा मास्क न्यू नर्मलको हिस्सा बनेको छ ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

⚔️ #VMAs 💓

A post shared by Lady Gaga (@ladygaga) on

लेडी गागाका पाँच लुकः

गागाले आफ्नो प्रस्तुतीको क्रममा पाँच भिन्न–भिन्न फेसमास्क लगाइन् । जसमा सिल्भर आउटफिटसँग पारदर्शी फिस बाउल फेस शिल्ड लगाइन् । अर्को मास्क ग्रिल्ससहित थियो जसमा आई गगल्स पनि थिए । यीमध्ये तेस्रो इलेक्ट्रिक फेस मास्क पनि समावेश थियो । अन्त्यमा उनले यस्तो मास्क लगाइन् जसमा ठूला सिङ थिए ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

⚔️ #VMAs 💓

A post shared by Lady Gaga (@ladygaga) on

यी रहे भिएमएका बिजेताः

भिडियो अफ द इयरः ब्लाइन्ड्रि लाइट्स

आर्टिस्ट अफ द इयरः लेडी गागा

सङ्ग अफ द इयरः रेन अन मी (लेडी गागा–एरियाना ग्रान्डे)

बेस्ट कोल्याबोरेशनः रेन अन मी (लेडी गागा–एरियाना ग्रान्डे)

बेस्ट आर एन्ड बीः ब्लाइन्डिङ लाइट्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप