
बुटवलको कोरोना अस्पतालमा थप एक पूरुषको मृत्यु

बुटवल – बुटवलमा आज थप एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
प्रदेशिक अस्पताल बुटवलकोद्धरा संचालित बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत बुटवल ८ का ७८ वर्षीय पुरुषको मृत्यु भएको आज बिहान ९ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. शुर्दशन थापाले रातोपाटीलाई बताए ।
ती पुरुषलाई भदौ ४ गते लुम्बिनी प्रदेश अस्पतलामा ल्याएको थियो । ५ गतेदेखी कोरोना अस्पतालमा उपचार गरीएको अस्पतालले जनाएको छ । मधुमेह र उच्च रक्तचापको समेत समस्या रहेका ती विरामीलाई पछिल्लो समय भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दे मृत्यु भएको डा.थापाले बताए ।
उनको मृत्युसगै बुटवलको कोरोना अस्पतालमा मृत्युहरुको संख्या ९ पुगेको छ । भने लुम्बिनी प्रदेशिक अस्पतालमा ३ जनाको मृत्यु भएको रेकर्ड छ । ती मध्ये ६ जना रुपन्देहीका ५जना कपिलबस्तु र एक जना प्युठान जिल्लाका रहेको अस्पतालले जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ