सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचनमा कमी कमजोरी एक्सक्युज हुँदैनः प्रमुख निर्वाचन आयुक्त यादव

शुक्रबार, ३० भदौ २०७४, १८ : ४५
शुक्रबार, ३० भदौ २०७४

वीरगञ्ज– अन्य स्थानको तुलनामा पर्सामा आचारसंहिता पालना भएपनि उम्मेदवारहरुमा जसरी पनि जित्नुपर्ने भावना देखिएकोले सतर्क हुन प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्देशन दिएका छन् । 

निर्वाचनको समग्र तयारीबारे अनुगमनको क्रममा शुक्रबार वीरगञ्ज आइपुगेका प्रमुख निर्वाचन आयुक्त यादवले जिल्लास्थित निर्वाचन कार्यालय र मुख्य निर्वाचन कार्यालयका अधिकारीहरुलाई यस्तो निर्देशन दिनुभएको हो ।

महानगरकै केही स्थानमा अझै पनि निर्वाचन सामाग्री पुग्न नसकेको र परिचयपत्र वितरण हुन नसकेकोमा यादवले असन्तुष्टि व्यक्त गरे । कर्मचारी व्यवस्थापनमा केही समस्या देखिएको भन्दै मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले रिपोर्टिङ गरेपछि यादवले निर्वाचनको सवालमा कुनै एक्सक्युज नहुने बताए । जे आवश्यक पर्छ त्यसका लागि तत्काल निर्णय लिन यादवले निर्देशन दिए । 
 
शुक्रबार राती १२ बजेपछि मौन अवधि शुरु हुने भएकाले एकीकृत सूचना प्रणालीमार्फत सञ्चार माध्यमलाई सूचना उपलब्ध गराउन पनि यादवले निर्देशन दिए । 
निर्वाचनको सवैभन्दा महत्वपूर्ण पाटो मतगणना गरेकोले मतदान भइसकेपछि त्यसलाई सुरक्षित रुपमा शिलबन्दी गरेर सोही समयमा मतगणनास्थलमा लैजाने व्यवस्था मिलाउन आग्रह गरे । 

वीरगञ्ज महानगरपालिकाको मतगणना ठाकुरराम बहुमुखी क्याम्पसमा हुने मुख्य निर्वाचन कार्यालय पर्साले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमित अग्रवाल
अमित अग्रवाल

 अग्रवाल रातोपाटीका पर्सा जिल्ला प्रतिनिधि हुन् ।

लेखकबाट थप