कोरोना महामारीको बीच सकियो ‘बन्टी और बबली-२’ को छायाँकन

मुम्बई । कोरोना महामारीका बीच फिल्म ‘बन्टी और बबली २’ को छायाँकन सकिएको छ । फिल्ममा सैफ अली खान, रानी मुखर्जी, सिद्धान्त चतुर्वेदी र शरवरी मुख्य भूमिकामा रहेका छन् । कोरोनाको कहर भएपनि पुरै सुरक्षाको साथ फिल्मको छायाँकन गरिएको हो । फिल्म छायाँकन पहिले कलाकारलाई होम क्वारेन्टाइममा राखिएको थियो ।
त्यसपछि हरेक सदस्यको कोरोना टेष्ट गरिएको थियो । कोरोना महामारीका बीच पनि आफ्नो सुटिङ राम्रो भएकोमा अभिनेता सैफअली खानले खुसी ब्यक्त गरेका छन् । ‘मैले घर भन्दा बढी सुरक्षित सुटिङ सेटमा महशुस गरे’ सैफले भने ।
फिल्मको छायाँकन पुरा भएपछि अभिनेत्री रानी मुखर्जी भने निकै भावुक भएकी थिइन् । ‘सुटिङको समय निकै राम्रोसँग बिताइयो’ रानीले भनिन्– ‘कोरोना भन्दा पहिले गरिएको सुटिङको यो समय धेरै याद आयो ।’ फिल्म ‘बन्टी और बबली’ यस अगाडि २००५ मा रिलिज भएको थियो । उक्त फिल्ममा अभिषेक बच्चन र रानी मुखर्जीको जोडी दर्शकले निकै रुचाएका थिए । अहिले बनेको ‘बन्टी और बबली २’ त्यसको सिक्वेल हो ।
फिल्म वरुण वी शर्माले निर्देशन गरेका हुन् । अहिले पोष्ट प्रोडक्सन कार्यमा जुटेको फिल्मको रिलिज ओटीटीमा हुन्छ वा थिएटरमा अहिले यसै भन्ने स्थिति छैन । फिल्ममा सैफको रानीसँग जोडी बाँधिएको छ । यसअघि यी दुई केही फिल्ममा देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भजहर कप फुटबलको उपाधि गौरीगंगाको पोल्टामा
-
तीन वटै तहको सरकारबिच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक : मुख्यमन्त्री शाह
-
बीवाईडी एक्सचेन्ज क्याम्पेन घोषणा
-
नीति तथा कार्यक्रम दस्तावेजमात्र होइन, राष्ट्रको भावी यात्राको नक्शा पनि हो : सांसद कार्की
-
राजसंस्था लोकतन्त्रको विरोधी होइन : राजेन्द्र लिङ्देन
-
मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार बन्दै तरबुजाखेती