कोरोना महामारीको बीच सकियो ‘बन्टी और बबली-२’ को छायाँकन
मुम्बई । कोरोना महामारीका बीच फिल्म ‘बन्टी और बबली २’ को छायाँकन सकिएको छ । फिल्ममा सैफ अली खान, रानी मुखर्जी, सिद्धान्त चतुर्वेदी र शरवरी मुख्य भूमिकामा रहेका छन् । कोरोनाको कहर भएपनि पुरै सुरक्षाको साथ फिल्मको छायाँकन गरिएको हो । फिल्म छायाँकन पहिले कलाकारलाई होम क्वारेन्टाइममा राखिएको थियो ।
त्यसपछि हरेक सदस्यको कोरोना टेष्ट गरिएको थियो । कोरोना महामारीका बीच पनि आफ्नो सुटिङ राम्रो भएकोमा अभिनेता सैफअली खानले खुसी ब्यक्त गरेका छन् । ‘मैले घर भन्दा बढी सुरक्षित सुटिङ सेटमा महशुस गरे’ सैफले भने ।
फिल्मको छायाँकन पुरा भएपछि अभिनेत्री रानी मुखर्जी भने निकै भावुक भएकी थिइन् । ‘सुटिङको समय निकै राम्रोसँग बिताइयो’ रानीले भनिन्– ‘कोरोना भन्दा पहिले गरिएको सुटिङको यो समय धेरै याद आयो ।’ फिल्म ‘बन्टी और बबली’ यस अगाडि २००५ मा रिलिज भएको थियो । उक्त फिल्ममा अभिषेक बच्चन र रानी मुखर्जीको जोडी दर्शकले निकै रुचाएका थिए । अहिले बनेको ‘बन्टी और बबली २’ त्यसको सिक्वेल हो ।
फिल्म वरुण वी शर्माले निर्देशन गरेका हुन् । अहिले पोष्ट प्रोडक्सन कार्यमा जुटेको फिल्मको रिलिज ओटीटीमा हुन्छ वा थिएटरमा अहिले यसै भन्ने स्थिति छैन । फिल्ममा सैफको रानीसँग जोडी बाँधिएको छ । यसअघि यी दुई केही फिल्ममा देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण