सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

पाइलट विजय लामा कोरोना संक्रमित

सोमबार, २९ भदौ २०७७, १४ : ००
सोमबार, २९ भदौ २०७७

काठमाडौँ । सिनियर पाइलट विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ । २ दिनअघि ललितपुरको स्टार अस्पतालमा स्बाब दिएका लामाको आज पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

पाइलट लामा सोल्टी होटलको आइसोलेशनमा बसेका छन् । पाइलट लामाले पछिल्लो समय शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई तीन दिनअगाडि दक्षिण सुडान लगेका थिए ।

दक्षिण सुडानबाट फर्केपछि लामाले जहाज उडाएका थिएनन् । लामासँगै अर्का पाइलट उदय कोल्हात्करलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । कोल्हात्कर पनि लामासँगै सोल्टी होटलको आइसोलेसनमा बसेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप