क्रान्ति र सत्ता
बुधबार, ३१ भदौ २०७७, १० : ०४
-राकेश कार्की
क्रान्ति र सत्ता
एक आपसका विरोधी
एउटा सुरुवात
अर्को लक्ष क्रान्ति
जनतालाई
मीठा मीठा सपना बाँड्ने
सत्ता
जनतालाई बाँडेका सपना
आफै भोग गर्ने
क्रान्ति
सधैँ एकपछि अर्को अभियानले
अघि बढ्नुपर्ने
सत्ता
बढ्ने ठाउँ टुङ्गिएर आफूलाई त्यहीँ
अडाइ राख्नुपर्ने
क्रान्ति
सत्ता नभेटुन्जेल चाहिने
सत्ता
भेटेपछि मोजमस्ती भइरहने
यस्तै छ नाता
क्रान्ति र सत्ताको
एउटा तोडफोड गरिरहने
अर्को मर्मत सम्भारको बोनस खाइरहने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा