दिपायलमा कार्यरत ४० सैनिकलाई कोरोना संक्रमण
बुधबार, ३१ भदौ २०७७, १६ : ३९
काठमाडौं । डोटीको दिपायल सिलगढी नगरपालिकास्थित सुल्लेकमा कार्यरत नेपाली सेनाका ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसअघि संक्रमण देखिएका सैनिकको कन्ट्याक्ट ट्रेसिङका आधारमा पिसिआर जाँच गर्दा थप ४० जनालाई कोरोना देखिएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
दिपायलमा शुरुमा १८ जना सैनिकलाई कोरोना संक्रमण पुष्टि भएको थियो । शुरुमा संक्रमण देखिएको पाँच दिनपछि क्लोज कन्ट्याक्टमा रहेका सैनिकको पिसिआर जाँच गरिएको थियो । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा उनीहरुरुको स्वाव परीक्षण गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण