शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बिहीबारदेखि यसरी हुँदैछ लामो दुरीको यातायात सञ्चालन

बुधबार, ३१ भदौ २०७७, १९ : ३३
बुधबार, ३१ भदौ २०७७

बिहीबारदेखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालनमा आउने भएका छन् । कोरोनाभाइरसका कारण गत चैतदेखि ठप्प भएको लामो दुरीको यातायात मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बिहीबारदेखि सञ्चालन हुने भएको हो ।

जसका लागि बुधबार नेपाल यातायात व्यवसायी महासंघ र तीनवटा मजदुर टेड युनियनले संयुक्त रुपमा छलफल गरेर लामो, छोटो दुरीका सबै गाडी सञ्चालन गर्ने जानकारी दिएका छन् । सरकारले कोरोना भाइरसको महामारीको समयमा ५० प्रतिशतसम्म भाडा बढाउन अनुमति दिइसकेको छ । 

गाडीको सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्ने र चालक, सहचालकले मास्क, सेनिटाइजर अनिवार्य प्रयोग गनुपर्ने मापदण्ड बनाइएको छ । यात्रुले पनि यात्रा अवधिभर मास्क लगाएर यात्रा गर्नु पर्ने छ । गाडी चढ्नुअघि यात्रुलाई सेनिटाइजर व्यवस्था गर्नुपर्ने छ ।

बैठकपछि जारी गरिएको विज्ञप्ति यस्तो छः

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप