शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतका केन्द्रीय मन्त्री गडकरीलाई कोरोना संक्रमण

बुधबार, ३१ भदौ २०७७, २३ : २४
बुधबार, ३१ भदौ २०७७

एजेन्सी । भारतका केन्द्रीय सडक, यातायात र राजमार्ग मन्त्री नितिन गडकरीलाई कोरोना संक्रमण भएको छ । मन्त्री गडकरीलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्री गडकरीले आफुलाई कोरोना पोजेटिभ देखिएको ट्वीटरमार्फत जानकारी दिएका छन् ।

मन्त्रीले ट्वीटरमार्फत भनेका छन्ः ‘हिजो मैले आफुलाई कमजोर महसुस गरें र चिकित्सकहरुसँग परामर्श गरे । मेरो चेकअपका क्रममा कोरोना पोजेटिभ पुष्टि भएको पाइएको छ । सबैजनाको आर्शिवाद र स्वास्थ्यलाभका कामनाले म अहिलेसम्म ठिक छु । अब म केही दिन आइसोलेसनमा रहनेछु ।’

उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रही कोरोना पोर्टोकलको पालना गरी सुरक्षित रहन आग्रह गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप