मेगा बैंकको १८ लाख कित्ता शेयर बिक्री खुल्ला
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले १८ लाख कित्ता शेयर लिलामीमा बिक्री गर्न गोप्य शिलबन्दी आव्हन गरेको छ ।
मेगा बैंकले संस्थापक समूहतर्फको ११ लाख ३३ हजार ३ सय ४४ दशमलव ७० कित्ता र सर्वसाधारण समूहतर्फको ७ लाख ७ हजार ३ सय ९४ दशमलव ९३ कित्ता गरी १८ लाख ४० हजार ७ सय ३९ दशमलव ६३ कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रबाट बिक्री गर्न लागेको हो ।
सर्वसाधारणहरुले असोज १८ गतेभित्र आफूले खरिद गर्न चाहेको प्रतिकित्ता शेयर र दररेट खुलाई गोप्य शिलबन्दीमार्फत आवेदन दिन सक्नेछन् । त्यसका लागि न्यूनतम १ सय रुपैया र त्यस भन्दा बढी कतिमा शेयर खरीद गर्न चाहेको हो स्पष्ट खुलाई बोलकबोल आवेदन दिनुपर्ने मेगा बैंकले जनाएको छ ।
उपत्यका भित्र मेगा बैंकको कमलादीस्थित मुख्य कार्यालय, नयाँ बानेश्वर चोक, ठमेल, न्यूरोड (पिपलबोट), ज्ञानेश्वर, चाबहिल, बौद्ध, कलंकी, गोंगबु, महाराजगञ्ज, मैतीदेवी, जावलाखेल, पुरानो ठिमी र सूर्यविनायक शाखाबाट सर्वसाधारणहरुले शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
यसैगरी, काठमाडौं उपत्यकाबाहिर धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, तुल्सीपुर, भैरहवा, बुटवल, अर्घाखाँची, तम्घास, तानसेन, नारायणगढ, पोखराको सभागृह चोक र चिप्लेढुंगा, हेटौंडा, वीरगञ्ज, सिन्धुली, जनकपुर, धरान, विराटनगर र विर्तामोड शाखाबाट शेयर खरिदका लागि आवेदन दिने व्यवस्था मिलाइएको मेगा बैंकले जनाएको छ ।
अनलाइनबाट फारम लिई शेयर आवेदन गर्न इच्छुक आवेदनकर्ताहरुले मेगा बैंक वा मेगा क्यापिटल मार्केटस लिमिटेडबाट छाप प्रमाणित गरी आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
मेगा बैंकले २०७४ साल भदौ २७ गतेदेखि कात्तिक १४ गतेसम्म हदप्रद शेयरको बिक्री खुल्ला गरी आवेदन माग गरेको थियो । तर, त्यतिबेला संस्थापक तथा सर्वसाधारण समूहतर्फका शेयरहरुका लागि आवश्यक आवेदन नपरेकाले ती शेयरहरु अहिले बोलकबोलमार्फत बिक्री गर्न लागिएको मेगा बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक