सन र केनले बनाए प्रिमियर लिगमा नयाँ इतिहास
साउथ ह्याम्पटनलाई पराजित गर्ने क्रममा टोटनह्याम हटस्पर्सका सन ह्युङ–मिन र ह्यारी केनले प्रिमियर लिगमा नयाँ इतिहास बनाउन सफल भएका छन् ।
जोसे मोरिन्होको टोलीले पहिलो खेलमा एभर्टनविरुद्ध बेहोरेको हारलाई भुलाउँदै दोस्रो खेलमा साउथ ह्याम्पटनमाथि ५–२ को जीत निकाल्न सफल रह्यो । जीतमा सनले शुरुवाती ४ गोल गरे भने केनले एक गोल थपे ।
खेलमा अग्रता भने साउथह्याम्पटनले लिएको थियो । खेलमा ३२ औँ मिनेट ड्यानी इंग्सले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको अन्त्यमा केनको पासमा सनले खेल बराबरी गरे ।
दक्षिण कोरियाली खेलाडीले दोस्रो हाफको शुरुवातमा अर्को गोल थपे भने केनको पासमा ह्याट्रिक पूरा गरे । फेरि पनि केन कै पासमा उनले चौँथो गोल गरे । खेल सकिन ८ मिनेट बाँकी छँदा केनले पनि एक गोल गर्दै स्पर्सको जीत सुनिश्चित गरे ।
इन्जुरी समयमा इंग्सले खेलको दोस्रो गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
आइतबार भएको खेलमा केनले नै सनका सबै चार गोलका लागि अवसरको सिर्जन गरेका थिए । प्रिमियर लिगमा कुनै पनि खेलाडीले एकै खेलमा एउटै खेलाडीका लागि चार गोलको अवसर सिर्जना गरेको यो पहिलो पटक हो ।
त्यस्तै, एकै खेलमा चारवटा गोलको अवसर सिर्जना गर्ने उनले पहिलो इंग्लिस खेलाडी पनि हुन् । लिगको इतिहासमा यसो गर्ने उनी छैटौँ खेलाडी हुन् । त्यस्तै, सन् २०१८ मा मोहमद सलाह पछि एकै खेलमा ५ वटा गोलमा संलग्न हुने उनी पहिलो खेलाडी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले कपिलवस्तुको अधिवेशन २६ गते हुने
-
नेपालको मौसम र अहिलेको राजनीति उस्तैउस्तै होः अध्यक्ष नेपाल
-
विकराल बन्दै डढेलो
-
काठमाडौँमा 'सफल ह्याप्पी काउ मिल्क' उपलब्ध
-
सरकारी जग्गा व्यक्तिको नाममा गर्ने अमिनविरुद्ध आरोपपत्र दायर
-
गाउँपालिका उपाध्यक्ष र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा