अस्पतालको बेडबाट क्याप्टेन विजय लामाको भिडियो सन्देश : कोरोनालाई हल्का रुपमा नलिऔँ
काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोनालाई हल्का रुपमा नलिन र आफ्नो सुरक्षामा नचुक्न सबैलाई आग्रह गरेका छन्। स्टार अस्पतालमा उपचाररत लामाले एक भिडियो सन्देशमार्फत सबैलाई सो आग्रह गरेका हुन् ।
क्याप्टेन लामाले आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार भैरहेको जानकारी दिँदै कोरोना लाग्दैमा भने नआत्तिन आग्रह गरेका छन् । भिडियो सन्देशमा उनले भनेका छन्ः ‘मलाई कोरोनाले यति सिरियस पार्ला भन्ने लागेको थिएन तर चिकित्सकहरुको रिपोर्ट हेर्दा मेरो केस सिरियस रहेछ । म एकदमै कन्सेस भएको बेलामा त यति धेरै गाँजेको छ भने यसलाई सामान्य रुपमा लिने मेरो मित्रहरुलाई ख्याल ख्याल नगरिदिन आग्रह गर्दछु ।’
उनले जीवन रहे मात्र सबैथोक रहने भएकोले यस्तो केसलाई हल्का रुपमा लिन नहुने बताएका छन् । क्याप्टेन लामाले आफु छिट्टै निको भएर विदेशमा रहेका नेपालीलाई फर्काउने र राष्ट्रप्रति समर्पित हुने जानकारी दिएका छन् । उनले आफू स्वस्थ्य हुनुमा स्टारर अस्पतालका सम्पूर्ण चिकित्सक टोलीको योगदान रहेको भन्दै आफ्नो उपचारमा खटिएकाहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।
केही दिनअघि कोरोना संक्रमण पुष्टि भएका क्याप्टेन लामा होटल सोल्टीमा सेल्फ आइसोलेशनमा रहँदै आएको थिए । रोगले बढी गाँज्न थालेपछि अहिले स्टार अस्पतालमा चिकित्सकहरुको निगरानीमा आइसोलेसनमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राष्ट्र बैंकको प्रावधानले गहना व्यवसायी समस्यामा’
-
सिक्री लुटेको आरोपमा किशोर पक्राउ
-
सिटीलाई ऐतिहासिक लगातार चौथो लिग उपाधि
-
पोखरामा लागुऔषध सेवनकर्ता विरुद्ध प्रहरीको स्विप अपरेसन
-
राहुल गान्धीले भने- ‘सत्तामा आएपछि अग्निवीर योजनालाई डस्टबिनमा फाल्छौँ’
-
इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना हुनुअघिको तस्बिर सार्वजनिक