१७ ट्राफिक प्रहरी सम्मानित
काठमाडौँ । सवारी नियम उल्लङ्घन गर्ने चालक र सह–चालकले आर्थिक प्रलोभनमा पार्न खोज्दा कुनै पनि प्रलोभनमा नपरी इन्कार गर्ने १७ जना ट्राफिक प्रहरी मंगलबार सम्मानित भएका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखामा एक कार्यक्रम गरी ती ट्राफिक प्रहरीलाई कार्यालय प्रमुख एसएसपी भीम ढकालले टीका, दोसल्ला र प्रशंसा पत्र दिएर सम्मान गरेका हुन् ।
नेपाल प्रहरीले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरसः पालना गरी सवारी नियम उल्लङ्घन गर्ने चालकरसह–चालकले आर्थिक प्रलोभनमा पार्न खोज्दा कुनै पनि प्रलोभनमा नपरी त्यस्तो कार्यमा संलग्न चालक र सह–चालकलाई नियमानुसार कारवाहीको दायरामा ल्याउने ट्राफिक प्रहरीहरूलाई सम्मानित गरिएको एसएसपी ढकालले बताए ।
यसअघि पनि महाशाखाले त्यस्ता ५० जना ट्राफिक प्रहरीलाई विभिन्न मितिमा पुरस्कृत गरिसकेको छ ।
त्यस्तै सेवाग्राहीसँग आर्थिक प्रलोभनमा पर्ने तथा संगठनको नीति नियम विपरित कार्य गर्ने ७७ जना ट्राफिक प्रहरी कर्मचारीलाई विभागीय कारवाही गरिएको र ४ जना कर्मचारीलाई नोकरीबाटै हटाईएको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा