शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर कामदारको ज्यान गयो

बुधबार, ०७ असोज २०७७, १३ : ३८
बुधबार, ०७ असोज २०७७

ओखलढुगा । ओखलढुंगामा विद्युत लाईन मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ  जिल्लाको सिद्धिचरण नगरपालिका १२ भँडारे सिमलडाँडामा विद्युत लाईन मर्मत गर्ने क्रममा करेन्ट मोलुङ गाउँपालिका १ कुन्तादेवीका २८ वर्षीय परनेश खत्रीको ज्यान गएको हो । उनी मोलुङ खोला हाईड्रो पावरमा सुपरभाईजरका रुपमा काम गर्दै आएका थिए ।

बुधबार बिहान करिब १०ः४५ बजेको समयमा बिद्युत लाईन कट गरेर बिद्युतको पोलमा चढेका उनको पोलमै झुण्डिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा पुग्दा खत्रीको विद्युतको पोलमै ज्यान गएको पाइएको ओखलढुंगा प्रहरी निरिक्षक मिलन बस्नेतले जनाकारी दिए  ।

विद्युत मर्मतका लागी पोलमा चढेर जम्पर छुट्टाउने क्रममा करेन्ट सर्ट भई उनलाई लागेको हुनसक्ने प्रहरीको अनुमान छ । मृतक खत्रीको शव पोलमै झुन्डिएको अवस्थामा प्रहरीले फेला पारेको छ । घटनाको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप