सेनाले दियो बालीनालीको क्षतिपूर्ति
बुधबार, ०७ असोज २०७७, १९ : ०६
काठमाडौं । नेपाली सेनाले मकवानपुरको लालबकैया वडा नं ५ का २३ घरपरिवारलाई क्षतिपूर्तिवापत रु तीन लाख दश हजार उपलब्ध गराएको छ ।
काठमाडौंँ–तराई–मधेश द्रुतमार्गको उक्त खण्डमा साउनको पहिलो साता भएको वर्षा र निर्माण क्रममा आएको पहिराबाट ती परिवारको बालीनालीमा क्षति पुगेपछि सेनाले सम्बन्धित व्यक्तिकै वैँक खातामा क्षतिपूर्तिको रकम उपलब्ध गराएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
उक्त क्षतिपूर्ति रकम सम्बन्धित वडा कार्यालयको सिफारिशमा उपलब्ध गराइएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकार एमाले नेतृत्वमा बन्ने सम्भावना छ : नेता यादव
-
दैलेखमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते
-
कसैको स्वार्थ हेर्दिन, मुलुकको स्वार्थ हेर्छु : अर्थमन्त्री पुन
-
सहकारी विवादमा झन् फस्दै गृहमन्त्री लामिछाने
-
संकटग्रस्त सहकारीको अध्ययन गर्न समिति बनाउन प्रयास भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड
-
जनकपुरस्थित सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ