प्रदेश १ मा ९१ सङ्क्रमित थपिए
मोरङ । प्रदेश न १ मा पछिल्लो २४ घण्टामा ९१ जना कोरोना सङ्क्रमित थपिएका छन् । त्यसमा ४६ महिला र ४५ पुरुष छन् । थपिएका सङ्क्रमितमा मोरङ्मा ४२, सुनसरीमा ३७, झापामा चार, पाँचथरमा दुई, ताप्लेजुङ र तेह्रथुममा एकएक र प्रदेश बाहिरका चार जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा ११ महिला र १३ पुरुष, पथरीशनिश्चरेमा तीन महिला र तीन पुरुष, जहदामा तीन महिला र तीन पुरुष, सुन्दरहरैचामा एक महिला र दुई पुरुष, ग्रामथान, कटहरी र मिक्लाजुङमा एकएक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
सुनसरीको इटहरीमा २४ महिला र सात पुरुष, दुहवीमा दुई महिला र दुई पुरुष, स्थानीय तह नखुलेका दुई पुरुष, झापाको गौरादहका एक पुरुष, स्थानीय तह नखुलेका तीन पुरुष, पाँचथरको फालेलुङमा दुई पुरुष, ताप्लेजुङमा एक पुरुष, तेह्रथुमको छथरमा एक पुरुष र प्रदेश बाहिरका दुई महिला र दुई पुरुषमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।
यसप्रदेशमा हालसम्ममा पाँच हजार ९५० जना सङ्क्रमित भएका छन् भने दुई हजार ६१९ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ८०८ जना सहित आजसम्ममा एक लाख १८ हजार ६९६ जनाको पिसिआर परीक्षण यसप्रदेशमा भइसकेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा